गैरआवसीय नेपाली संघ मकाउको सातौं अधिवेशनले राजेश प्रसाईलाई अध्यक्षमा निर्वाचित गरेको छ।
गत बिहिबार मकाउस्थित न्यु ओरिएन्ट ल्यान्डमार्क होटलमा सम्पन्न अधिवेशन तथा १३ औं बार्षिक साधारणसभामा प्रसाईको नेतृत्वमा चयन भएको हो।
सोही दिन १५ सदस्यीय नयाँ कार्यसमितिको सपथ ग्रहणसमेत सम्पन्न भएको थियो।
उक्त कार्यसमितिको प्रथम र द्दितिय उपाध्यक्षमा क्रमशः बिजय राज अर्याल र भिमसेन श्रेष्ठ चयन भएका छन्।
यसैगरी महासचिवमा उत्तम गुरुङ सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्षमा क्रमशः शिव थापा, निरन्जन खड्का र दिपक तामाङ नियुक्त भएका छन् भने युवा संयोजक र महिला संयोजकमा अमृत गुरुङ र बिन्दु सुनुवार राई चयन भएका छन्।
त्यसैगरी सदस्यहरुमा रोशन गुरुङ, शुभ गुरुङ, निरज थापा, विशाल पौडेल, मकर राई, अमित खड्गी चयन भएका छन्।
नयाँ कार्यसमितिको अवधि २ बर्षको हुनेछ। यस्तै अन्तर्राष्ट्रिय समन्वय परिषदमा निबर्तमान अध्यक्ष पूर्ण गुरुङ सर्बसम्मत चयन भएका छन्।
एसियाको लास भेगस उपनामले चिनिएको मकाउमा झन्डै ६ हजारको हाराहारीमा नेपालीहरुको बसोबास रहेको छ।
Shares
प्रतिक्रिया