हङकङमा मंगलबार बिहानै ८० वर्षका एक वृद्धमाथि रुखको हाँगा खसेको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार मङककको बगैचामा बसिरहेका उनीमाथि रुखको हाँगा खसेपछि उनी गम्भीर घाइते भएका छन्।
युन पो स्ट्रिट बर्ड गार्डेनमा बिहान ८ बजेर १५ मिनेटमा यो घटना भएको थियो।
घाइते वृद्धको यउ मा तेइको कोङ वा हस्पिटलमा उपचार भइरहेको छ।
वृद्धमाथि ८ मिटरको रुखको हाँगा खसेको बताइएको छ।
सो बगैचा चरा हेर्न चाहनेहरुको लागि लोकप्रिय स्थान हो।
2.3k
Shares
प्रतिक्रिया