हङकङ आन्दोलनको असहनीय र विनाशकारी परिणामहरु हुने चीनको मुखपत्रको रुपमा रहेको पत्रिका पिपुल्स डेलीले बिहीबार एक लेख प्रकाशित गर्दै बताएको हो।
पिपुल्स डेली राज्यबाट संचालित भएकाले त्यसले चीन सरकारको मुखपत्रको रुपमा काम गर्दछ।
पिपुल्स डेलीको लेखमा भनिएको छ,‘महिनौंयता जारी प्रदर्शन नरोकिए त्यसले असहनीय र विनाशकारी परिणामहरु निम्त्याउने निश्चित छ।’
‘हङकङका विपक्षी सांसदहरु व्यवस्थापिका परिषद्लाई अपहरण गरेर हङकङ सरकारलाई अयोग्य बनाउने प्रयास गरिरहेका छन्’ पिपुल्स डेलीमा लेखिएको छ,‘उनीहरु र कट्टरपन्थी प्रदर्शनकारीहरुले हङकङलाई मुक्त गरिनु पर्ने र हाम्रो समयको क्रान्तिजस्ता नारा लगाइरहेका छन्। उनीहरुले कार्यकारी प्रमुख क्यारी लामको राजीनामा माग गर्दै सरकार र प्रहरीको नियम उल्लंघन गरेका छन्।’
पत्रिकामा भनिएको छ,‘यी कारणले आन्दोलनको मनसाय के हो भन्ने प्रस्ट बुझिन्छ। उनीहरु हङकङको प्रशासनिक अधिकार खोस्न चाहन्छन्।’
एससीएमपीका अनुसार पिपुल्स डेलीले विपक्षी राजनीतिज्ञ र प्रदर्शनकारीको विकास र परिवर्तनको नारालाई भ्रामक राजनीतिक नाराको संज्ञा दिएको छ।
प्रतिक्रिया