हङकङकी प्रमुख कार्यकारी क्यारी लामले बुधबार सरकार पुनर्संरचनाको प्रारम्भिक प्रस्ताव प्रस्तुत गरेकी छन्।
उनको कार्यकालको ६ महिनाभन्दा कम समय मात्र बाँकी छ। त्यसैले उनको प्रस्ताव आगामी सरकारको कार्यकालमा मात्रै लागू हुने सम्भावना छ।
प्रस्तावअनुसार एउटा शक्तिशाली संस्कृति, खेलकुद र पर्यटन ब्युरो बनाइनेछ। जसले सहरको संस्कृतिसम्बन्धी सम्पूर्ण काम र सिर्जनासम्बन्धी उद्योगलाई एकै ठाउँ समेट्ने छ।
पर्यटन क्षेत्र यसअघि गृह मामिला र वित्त तथा आर्थिक विकास ब्युरोअन्तर्गत पर्ने गर्थ्यो।
नयाँ योजनाअनुसार यातायात र हाउजिङ ब्युरोलाई टुक्र्याएर दुई बेग्लाबेग्लै ब्युरोअन्तर्गत राखिनेछ।
त्यस्तै अन्वेषण, प्रविध र उद्योग ब्युरो विस्तार गरिएको छ। यसले सहरको पुनर्औद्योगिकीकरण गर्ने लामको भनाइ छ।
अर्कोतिर गृह मामिला ब्युरोलाई युवा तथा जिल्ला मामिला ब्युरोका रुपमा पुनर्संगठित गरिनेछ।
Shares
प्रतिक्रिया