लुइस हाे पुइस सान हङकङकाे पहिलो महिला भन्सार प्रमुख बनेकी छिन् । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार हङकङको स्टेट काउन्सिलले ५३ वर्षीया लुइस होलाई भन्सार प्रमुखमा नियुक्त गरेको हो।
यसअघि उनी भन्सारकी सहायक कमिस्नर थिइन्। हङकङ प्रमुख क्यारी लामको सिफारिसमा लुइस हङकङ प्रमुख बनेकी हुन्।
भन्सार प्रमुख बनेसँगै लुइसले हङकङका आठ हजार कानुन कार्यान्वयन एजेन्सीको जिम्मा लिनेछिन्। उनले तत्कालै लागू हुने गरी हङकङको भन्सार प्रमुख बनेकी हुन्।
लुइस हो सन् २०१९ मा भन्सारमा दोस्रो वरीयताकी अधिकारी बनेकी थिइन्। उनले सन् १९९१ मा भन्सारमा काम सुरु गरेकी थिइन्। उनले यसअघि नै केही ठूला परियोजनामा काम गरिसकेकी छिन्।
लुइस हो यसअघि भन्सारको बौद्धिक सम्पत्ति अनुसन्धान ब्यूरोकी प्रमुख पनि बनेकी थिइन्। भन्सार प्रमुख भएसँगै लुइस हो हङकङ प्रमुखको अध्यक्षतामा रहेको कमिटी फर सेफगार्डिङ नेशनल सेक्युरिटीमा पनि रहनेछिन्।
Shares
प्रतिक्रिया