अलिबाबाका संस्थापक ज्याक मा अहिले युरोप भ्रमणमा छन्। एक वर्षभन्दा लामो समयपछि ज्याक मा विदेश भ्रमणमा गएका हुन्। वर्षमा धेरै समय विदेश भ्रमणमा रहने ज्याक मा पछिल्लो एक वर्ष भने गुमनाम जस्तै भएर बसेका थिए ।
उनी अहिले वातावरणीय मुद्दासँग सम्बन्धित कृषि तथा प्रविधि अध्ययनको लागि स्पेन पुगेको उनी निकट व्यक्तिले बताएका छन्।
चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार युरोप जानुपूर्व ज्याक मा हङकङमा परिवारसँग समय बिताइरहेका थिए। यस विषयमा अलिबाबाका प्रवक्ताले भने उनले कम्पनीबाट अवकाश लिइसकेको भन्दै प्रतिक्रिया दिएका छैनन्।
ज्याक माले हङकङ भ्रमण गर्नु पनि अलिबाबाको लागि महत्वपूर्ण घटनाक्रम हो। अलिबाबालाई उचाइमा पुर्याउन ज्याक माले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। करिब एक वर्षअघि चिनियाँ नियामकले अलिबाबालाई एकाधिकारको मामिलामा २ अर्ब ८० करोड डलर जरीवाना लगाएको थियो।
ज्याक माको पछिल्लो गतिविधिले अब अलिबाबा र चिनियाँ नियामकबीचको समस्या समाधान भएको देखिएको जानकारहरुले बताएका छन्। गत वर्ष अलिबाबाको एन्ट ग्रुपको साधारण शेयर निष्काशन हुनुभन्दा केही समयअघि नियामकले शेयर निष्काशनमा रोक लगाएका थिए। त्यसको दुई महिनापछि ज्याक मा खासै सार्वजनिकरुपमा देखिएका छैनन्।
Shares
प्रतिक्रिया