हङकङमा पछिल्लो केही दिनयता निरन्तर कोरोनाका नयाँ संक्रमित देखिइरहेका छन्।
केही संक्रमितको स्रोत नै फेला परेको छैन। त्यसैले हङकङमा कोरोनाको पाँचौं लहर अझै फैलिने आशंका बढेको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार पछिल्लो समय हङकङमा कोरोना संक्रमण क्याथे प्यासिफिकका यात्रु र यसका क्रु सदस्यबाट सबैभन्दा धेरै फैलिएको छ। अहिलेसम्मको अध्ययन अनुसार क्याथे प्यासिफिककी एक महिलाले प्रत्यक्षरुपमा ८ जना मानिसलाई कोरोना संक्रमण सारेको पाइएको छ।
यससँगै पछिल्लो दुई सातामा ठूलो संख्यामा हङकङमा कोरोना संक्रमण फैलिएको हो। ती महिना सबैभन्दा धेरै मानिसमा कोरोना संक्रमण सार्ने संक्रमित हुन्। उनले कोरोना खोप पनि लगाएकी थिइनन्।
सोमबारसम्मको तथ्यांकलाई हेर्दा ओमिक्रोनको नयाँ भेरियन्टबाट संक्रमित हुनेमध्ये ३५.७ प्रतिशत खोप नलगाएका मानिसहरु छन्। एक चौथाइ ज्येष्ठ नागरिक छन्। यस्तोमा ज्येष्ठ नागरिकमा कोरोना संक्रमण फैलिने आशंका बढेको छ।
हङकङमा डिसेम्बरमा अन्तिमदेखि पाँचौं लहर फैलिन सुरु गरेको थियो। दुई क्रु सदस्यमा ओमिक्रोन देखिएको थियो। जसमध्ये एकजनाले हङकङको कोभिड–१९ को नियम उल्लंघन गरेको पाइएको थियो।
प्याथे प्यासिफिकका उडानमा अमेरिकाबाट आएका दुई जना संक्रमितबाट अहिलेसम्म ४६ जनामा संक्रमण देखिइसकेका छन्। जसमध्ये ३२ जना महिला र १४ जना पुरुष छन्।
हङकङका ३६.१ प्रतिशत खोप नलगाएका मानिसहरु ठूलो मात्रामा कोरोना संक्रमण फैलाउनमा जिम्मेवार देखिएका छन्। त्यस्तै कोरोना पाउनेमध्ये पनि ३०.६ प्रतिशतले सिनोभ्याकको खोप लगाएका थिए भने ६३.९ प्रतिशतले बायोएनटेकको कोरोना खोप लगाएका थिए। बाँकीले सिनोफर्म वा एस्ट्राजेनेकाको खोप लगाएका थिए।
हङकङमा ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिरहेकै समयमा भएका ठूला पार्टी तथा उत्सवले पनि संक्रमणलाई अझै विस्तार गर्न सहयोग गरेको अध्ययनको क्रममा देखिएको छ।
हङकङमा देखिएको पाँचौं लहरमा भेटिएका २६.४ प्रतिशत स्थानीय संक्रमित ६० वर्ष वा सोभन्दा धेरै उमेरका छन्।
कोरोना संक्रमण बढेसँगै मंगलबार हङकङ प्रमुख क्यारी लामले कोरोना खोप लगाउने सरकारी स्वास्थ्य केन्द्र पाँच गुणा बढाइएको छ।
यसले दैनिक थप २ हजार डोज करोना खोप लगाउन सक्ने समाचारमा बताइएको छ।
अहिलेको अवस्थामा खोप अभियान अघि बढे अबको केही समयमा नै कोरोना खोप लिनेको संख्या छिटै नै ९० प्रतिशत पुग्ने उनको भनाइ छ।
Shares
प्रतिक्रिया