हङकङमा जमानतमा रिहा भएका प्रजातन्त्रवादी नेता राष्ट्रिय सुरक्षामा जोखिम पुर्याएको भन्दै पुनः पक्राउ परेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार ओवेन चाउ कासिङ नाम गरेका २४ वर्षीय नेता बुधबार पुनः पक्राउ परेका हुन्।
गत वर्ष उनी मानिसहरुलाई भड्काउन हल्ला फैलाएको आरोपमा उनीसहित ४७ जना पक्राउ परेका थिए।
चार महिना हिरासतमा बसेपछि सन् २०२१ को जुनमा उनी रिहा भएका थिए। ४७ जनामध्ये १७ जना मानिसहरु जमानतमा रिहा भएका थिए।
जसमा चाउ कासिङ पनि एक थिए। रिहा हुँदा उनलाई राष्ट्रिय सुरक्षा कानुन उल्लंघन गर्न नपाउने शर्त राखिएको थियो।
साथै उनले सधैं प्रहरीलाई आफ्नो रिपोर्टिङ गराउनुपर्ने थियो भने आफ्नो सबै कागजात बुझाउनुपर्ने थियो।
बुधबार प्रहरीमा रिपोर्टिङ गर्न जाने क्रममा उनी पक्राउ परेका हुन्। उनलाई बिहीबार अदालतमा पेश गरिने समाचारमा उल्लेख छ।
Shares
प्रतिक्रिया