हङकङमा कोभिड–१९ नियन्त्रणको लागि राखिएको २१ दिनको क्वारेन्टिन बस्नुपर्ने नियम १४ दिनमा छोट्याइएको छ।
बिहीबार हङकङका अधिकारीहरुले क्वारेन्टिन अवधि छोट्याउने घोषणा गरेका हुन्।
कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिने अवधिमा कम हुने देखिएको भन्दै अधिकारीहरुले क्वारेन्टिनको अवधि छोट्याउने निर्णय गरेका हुन्।
यससँगै फेब्रुअरी ५ देखि हङकङ आउने मानिसले अनिवार्यरुपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ भने एक साता घरमा नै आइसोलेसनमा बस्नुपर्नेछ।
अष्ट्रेलिया, भारत, बेलायत र अमेरिकालगायत ८ मुलुकमाथिको प्रतिबन्ध फेब्रुअरी १८ सम्म जारी रहनेछ।
हङकङका अधिकारीहरुले हङकङका व्यवसायीहरुको लागि क्वारेन्टिन अवधि ७ दिन घटाउनुले त्यस्तो धेरै राहत नपुग्ने भए पनि क्वारेन्टिनको अवधि अझै घटाउनु हङकङको लागि निकै जोखिमपूर्ण हुन सक्ने उनीहरुको भनाइ छ।
बिहीबार हङकङमा अहिलेसम्मकै सबैभन्दा दैनिक नयाँ संक्रमित थपिएका छन्।
त्यसैले भौतिक दुरीको नियम लम्ब्याइएको छ। बार, जिम, सिनेमा हल र अन्य प्रकारका दर्जनभन्दा धेरै व्यवसायहरु फेब्रुअरी १७ सम्म बन्द हुनेछन्।
Shares
प्रतिक्रिया