हङकङको नियमको कारण विमानमै थुनिए एयर न्युजिल्याण्डका क्रु सदस्य

हङकङको नियमको कारण विमानमै थुनिए एयर न्युजिल्याण्डका क्रु सदस्य

नेपालखबर
माघ १५, २०७८ शनिबार १२:५१, काठमाडौँ

हङकङको कोरोना संक्रमण नियन्त्रणको लागि लगाइएको कडा किसिमको नियमको कारण न्युजिल्याण्डको एउटा हवाई कार्गो विमानका चालक दलका सदस्यहरु विमानमै थुनिएका छन्।

बोइङ ७८७ मोडलको उक्त विमान गत बुधबार क्रिस्टचर्चबाट गोन्जावोको लागि छुटेको थियो। यद्यपि उक्त विमानमा चिरा देखिएपछि हङकङमा आपतकालीन ल्याण्डिङ गराइएको थियो। 

यद्यपि हङकङको नियमअनुसार उक्त चालकदलका सदस्यले हङकङ प्रवेशको अनुमति भने पाएनन्।

न्युजिल्याण्ड एयरलाइन पाइलट संघका एन्ड्यु रिडलिङले अहिले उक्त कार्गो विमानको चालकदलका सदस्यहरुले अहिले चुनौतीपूर्ण अवस्थाको सामना गरिरहेको बताएका छन्।

उनीहरुले हङकङ प्रवेश गर्नुअघि कोरोना परीक्षण नगराएको कारण उनीहरुलाई प्रवेशको अनुमति नदिइएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ। 

रिडलिङका अनुसार चालक दलका सदस्यहरुले यसअघि नै विमानमा १२ घण्टाभन्दा लामो समय बिताइसकेकाले उनीहरुलाई अझै पनि बाहिर निस्किने मौका नदिँदा उनीहरुको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने बताएका छन्।

न्युजिल्याण्ड पाइलट संघले पछिल्लो दुई वर्षमा आफ्ना कुनै पनि सदस्यलाई कोरोना संक्रमण नदेखिएको बताएको छ।

हङकङका नियामकले भने सबै गैर यात्रुवाहक विमानका चालक दलका सदस्यहरुले हङकङ प्रवेश गर्नुभन्दा ४८ घण्टा पहिला कोरोना परीक्षणमा नेगेटिभ आएको नतिजा बुझाउनुपर्ने बताए। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .