हङकङमा घटे कोरोनाका दैनिक संक्रमित, स्रोत पत्ता नलागेका बढे

हङकङमा घटे कोरोनाका दैनिक संक्रमित, स्रोत पत्ता नलागेका बढे

नेपालखबर
माघ १७, २०७८ सोमबार १०:३०, काठमाडौँ

आइतबार हङकङमा दैनिक नयाँ संक्रमितको संख्यामा अघिल्लो दिनको तुलनामा गिरावट देखिएको छ।

हङकङको सरकारले सोमबार दिएको जानकारीअनुसार आइतबार कोरोनाका ८१ नयाँ संक्रमित फेला परेका हुन्। यसमध्ये ४ जना बाहिरबाट आएका मानिसहरु थिए भने ७७ स्थानीय संक्रमित हुन्।

आइतबार नयाँ संक्रमितको संख्यामा कमी आए पनि स्रोत नखुलेका संक्रमितको संख्या भने बढेको छ। हङकङमा एक सातापछि कोरोनाका नयाँ संक्रमितको संख्या दुई अंकमा झरेको हो। 

हङकङको स्वास्थ्य नियामकले पछिल्लो समय नयाँ संक्रमितको संख्यामा कमी आए पनि स्रोत नखुलेका संक्रमितको संख्या उच्च रहेको उल्लेख गरेको छ।

अहिले संक्रमण कुन सञ्जालबाट फैलिरहेको छ भन्ने स्पष्ट नभएको कारण यसले समस्या उत्पन्न गर्न सक्ने हङकङको सेन्टर फर हेल्थ प्रोटेक्सनका डाक्टर चुआङ शुक–क्वानले बताएका छन्।

हङकङमा कोरोना संक्रमण ठूलो संख्यामा फैलिएको तीन हाउजिङमा संक्रमणमा केही कमी आएको छ। 

हङकङका नागरिकहरुलाई नियमित मास्क लगाउने, भौतिक दुरी पालना गर्ने र भिडभाडमा नजान पनि डाक्टर शुक–क्वानले आग्रह गरेका छन्।

लुनार नयाँ वर्ष आउँदै गरेको अवस्थामा ठूलो भिडभाड नगर्न र घरमा वृद्ध मानिस तथा खोप नलगाएका मानिस छन् भने थप सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिएका छन्। 

शनिबार हङकङका नयाँ संक्रमितमा स्रोत नखुलेका संक्रमितको संख्या ९ प्रतिशत मात्र थियो तर आइतबार भने यो संख्या १८ प्रतिशतमा पुगेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .