हङकङमा छोपियो तियानमेन घटनाको अन्तिम स्मृति

हङकङमा छोपियो तियानमेन घटनाको अन्तिम स्मृति

नेपालखबर
माघ १७, २०७८ सोमबार ९:३८, काठमाडौँ

हङकङमा चीनको तियानमेन दमनमा मृत्यु भएका मानिसको सम्झनामा बनाइएको अन्तिम सार्वजनिक स्मृति पनि छोपिएको छ।

सन् १९८९ मा चीनको तियानमेना प्रदर्शनमा भएको दमनमा मृत्यु भएका मानिसप्रति श्रद्धाञ्जलि दिँदै पोतिएको हस्तलिपीलाई छोपिएको हो।

जसमा तियानमेन घटनासँग सम्बन्धित नारा पनि उल्लेख गरिएको छ। शनिबार यसलाई  हङकङ युनिभर्सिटीले फलामले छोपेको हो।

पछिल्लो समय हङकङमा चीनको राजनीतिक संवेदनशील विषयका प्रतीकहरु हटाउन थालिएको छ। 

यसअघि हङकङ चीनको निकै संवेदनशील मानिएको विषयमा पनि आवाज उठाउने स्थलको रुपमा रहँदै आएको थियो।

यद्यपि पछिल्लो समय बेइजिङले हङकङको लागि राष्ट्रिय सुरक्षा कानुन ल्याउँदै संवेदनशील विषयमा बोल्न रोक लगाएको छ। 

गत महिना हङकङ युनिभर्सिटीले तियानमेन घटनाकै सम्झनामा बनाइएको पिलर अफ सेमलाई हटाएको थियो भने अन्य दुई युनिभर्सिटीले पनि सोही घटनाका स्मृतिहरु हटाएका थिए। 

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .