शनिबार सबेरै हङकङमा ‘ग्याङ फाइट’ हुँदा तीन जना घाइते भएका छन्। सो झडपमा झण्डै ३० जना सामेल भएको जनाइएको छ।
दुई वटा ग्याङबीच सिङ लिङ मार्गस्थित होइ हिङ रेस्टुरेन्टमा झडप भएको खबर प्राप्त भएपछि बिहान २:१५ बजे प्रहरी सो स्थानमा पुगेको थियो।
खाना खान आएका दुई समूहबीचको विवाद पछि झडपमा बदलिएको प्रहरीको भनाइ छ।
घाइते भएका तीन जना एउटा समूहका हुन्। उनीहरुमाथि बिलबोर्ड, छड र छाताले प्रहार गरिएको थियो।
तीनै जनालाई तुएन मुन अस्पताल पठाइएको छ। घटनामा हालसम्म कसैलाई पक्राउ गरिएको छैन। एससीएमपी
16.9k
Shares
प्रतिक्रिया