छुरा हानी एक व्यक्तिको हत्या भएपछि हङकङ प्रहरीले चार जना आक्रमणकारीको खोजी सुरु गरेको छ। सोमबार बिहान उज्यालो हुनुअघि नै ती व्यक्तिमाथि आक्रमण भएको थियो।
याउ मा तेइस्थित जोर्डन रोडमा एक मोटरसाइकल चालकसहित चार आक्रमणकारीले ३५ वर्षीय पाकिस्तानी व्यक्तिलाई लखेटिरहेको सूचना पाएपछि प्रहरी बिहान ४ बजे घटनास्थल पुगेको थियो।
घटनास्थल सिम सा सुइ प्रहरी चौकीबाट मात्र ४ सय मिटरको दुरीमा छन्।
प्रहरीका अनुसार एकछिनको लखेटाइपछि ती आक्रमणकारीले ती व्यक्तिलाई जोर्डन रोडमा समातेर छुरा हानेका थिए। प्रहरी घटनास्थल पुग्नुअघि नै आक्रमणकारी भागिसकेका थिए।
‘अनेक ठाउँमा चोट लागेका ती व्यक्ति रगतको आहालमा अचेत अवस्थामा सडकको डिभाइडरछेउमा फेला परेका थिए,’ स्रोतले भन्यो।
उनलाई उपचारका लागि क्विन एलिजावेथ अस्पताल पुर्याइएको थियो, जहाँ पछि उनको मृत्यु भयो।
त्यसपछि प्रहरीले आक्रमणकारीको खोजी सुरु गरेको हो।
मारिएका व्यक्ति अध्यागमन विभागले जारी गर्ने अस्थायी परिचय पत्रधारी हुन्। जसअनुसार उनी सहरमा रहन त पाउँछन्, तर काम गर्न पाउँदैनन्।
ती व्यक्ति पहिले पनि लागुऔषध सम्बन्धी अपराधमा पक्राउ परेको स्रोतले जनायो। एससीएमपी
Shares
प्रतिक्रिया