डाक्टर अभाव हटाउन हङकङका सबै अस्पतालमा रोबोट व्यवस्था गर्न कस्सिएका प्राध्यापक

डाक्टर अभाव हटाउन हङकङका सबै अस्पतालमा रोबोट व्यवस्था गर्न कस्सिएका प्राध्यापक

नेपालखबर
भदौ १६, २०७९ बिहिबार १०:१३, हङकङ

प्रोफेसर सामुएल औ क्वोक वाईले हङकङमा शल्यचिकित्सकहरूको अभावको सामना गर्न सक्ने मेडिकल रोबोटद्वारा संचालित भविष्यको परिकल्पना गरेका छन्। उनी त्यसको व्यवसथा हङकङका सबै अस्पतालमा गर्न चाहन्छन्। 

चाइनिज युनिभर्सिटी अफ हङकङ(सीयूएचके)का शोधकर्तासमेत रहेका उनी पछिल्लो समय देखिएको डाक्टरहरको अभावको कारण आफू चिन्तामा रहेको बताउँछन्।

हङकङमा स्थानीयरुपमा मात्र नभई मेनल्याण्ड चीनमा पनि डाक्टरको अभाव देखिएको छ। पछिल्लो समय वृद्धहरको जनसंख्या बढ्दो क्रममा रहेको र शल्यक्रिया गर्नुपर्ने वृद्धहरुको संख्या पनि बढेको तर डाक्टरहरुको संख्या भने घट्दो क्रममा रहेको उनले बताए। 

‘यो एक राष्ट्रव्यापी समस्या हो’, औले भने। यो स्वास्थ्य क्षमताको चुनौतीले उनलाई रिसर्चबाट मेडिकल रोबोटिक्सको बाटोतर्फ डोर्‍यायो।

धेरै शैक्षिक अध्ययन र क्लिनिकल परीक्षणले कि सर्जिकल रोबोटले नाजुक र जटिल कार्यहरू गर्न सक्छ र कम अनुभवी डाक्टरहरूलाई आफ्नो क्षमता बढाउन मद्दत गर्न सक्ने देखाइसकेको छ। जसको कारण परिणाम राम्रो देखिन थाल्छ र यसले स्वास्थ्य प्रणालीमा देखिएको सबैभन्दा ठूलो समस्या समाधान हुन सक्छ। 

यद्यपि यस्ता रोबोट आयातको लागि उच्च शुल्क भने धेरै अस्पतालले ब्यहोर्न सक्दैनन्। विशेषगरी मेनल्याण्ड चीनका सानो लगानीमा खुलेका अस्पतालमा यो समस्या छ। 

‘यसले मलाई र मेरो टोलीलाई बिरामीहरूको लागि अझ धेरै गर्न सक्छौं कि भनेर विचार गर्न प्रेरित ग‍र्‍यो’, उनले भने।

सन् २०१९ मा उनले क्यान्सरको उपचारमा रोबोट शल्यक्रियाको अभ्यास सहज बनाउने उद्देश्यले स्वचालित सर्जिकल प्रणाली विकास गर्न कोर्नस्टोन रोबोटिक्सको स्थापना गरे।

सुरक्षित र प्रभावकारी सर्जिकल रोबोटको विकास गर्दा आफ्नो टोलीले किफायती क्षमतालाई पनि ध्यान दिएको औले बताए। ‘हामीले करिब ९० प्रतिशत पार्टपुर्जा आफैं डिजाइन गरी मेनल्याण्डमा उत्पादन गरेका छौं’, उत्पादन लागत घटाउने तरिका बताउँदै उनले भने।

किफायती सर्जिकल रोबोटको उपलब्धताले वृद्धि हुने क्षमताले स्वास्थ्य सेवा प्रणालीलाई बिरामीको आवश्यकता पूरा गर्न मद्दत गर्न सक्ने उनको भनाइ छ। 

‘हाम्रा रोबोटहरूले बिरामीहरूको जीवनको गुणस्तरमा पार्ने प्रभाव देख्दा सन्तोषजनक छ’, औले भने।

स्वास्थ्य सेवा प्रणालीमा परिवर्तन ल्याउने उनको प्रयासले उनलाई यो वर्षको स्पिरिट अफ हङकङ अवार्डमा मनोनयन गरिएको छ। 

सीयूएचकेको मेडिसिन संकायका प्रोफेसर फिलिप चिउ वाइ–यानले औलाई इनोभेसन अवार्ड श्रेणीको लागि सिफारिस गरेका थिए। समाजलाई फाइदा पु‍र्‍याउने प्रविधि वा आविष्कार गर्ने मानिसहरुलाई यो अवार्ड दिइँदै आएको छ। 

चिनियाँ विश्वविद्यालयको मेकानिकल एण्ड अटोमेसन इन्जिनियरिङ विभागका संकाय सदस्य औले आफूलाई रोबोट निर्माणमा सधैँ गहिरो रुचि रहेको बताए।

रोबोटिक सर्जिकल प्रणालीहरू विकास गर्दा, उनले समाधानमा काम गर्नुअघि क्लिनिकल आवश्यकताहरू पहिचान गर्न र तिनीहरूलाई राम्ररी परिभाषित इन्जिनियरिङ मापदण्डमा अनुवाद गर्न महत्वपूर्ण रहेको बताए।

शल्यक्रिया स्वचालनको सम्भाव्यता देखेर, उनले उत्पादनहरू सुधार गर्न र तिनीहरूलाई किफायती राख्न जारी राख्ने बताए। ‘म हरेक अस्पतालमा कम्तीमा एउटा सर्जिकल रोबोट हुने अपेक्षाका साथ अघि बढेको छु’, औले भने।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .