हङकङको सिटी युनिभर्सिटीमा भेटिए युद्धमा प्रयोग हुने बम

हङकङको सिटी युनिभर्सिटीमा भेटिए युद्धमा प्रयोग हुने बम

नेपालखबर
मंसिर २८, २०७६ शनिबार ११:२२,

सरकार विरोधी प्रदर्शनकारीले एक महिना अगाडि मात्र यस युनिभर्सिटीमा तोडफोड गरेका थिए।

शुक्रबार राति यस विश्वविद्यालयबाट ३४ वटा पेट्रोल बम, २० वटा स्मोक बम, १२ वटा रसायनिक बम र कैयौं आगजनी गर्न प्रयोग हुने सामाग्रीहरु हङकङका प्रहरीले फेला पारेको एससीएमपीले जनाएको छ।

काउलुनस्थित यस विश्वविद्यालयमा एक महिना अगाडि प्रदर्शनकारीले तोडफोड गरेका थिए। हाल यस विश्वविद्यालय पुनः संचालन गर्न लागिएको छ।

Anti-government protesters set up roadblocks outside City University during clashes with police. Photo: Sam Tsang

विश्वविद्यालयमा रहेका घातक हतियारहरु हङकङको विस्फोटक डिस्पोजल टोलीले डिस्फोज गरेको थियो।

प्रहरीले सर्वसाधारणको लागि प्रतिबन्धित हतियार कसरी विश्वविद्यालयमा राखियो भन्नेबारे अनुसन्धान सुरुवात गरेको छ।

यसअघि चाइनिज युुनिभर्सिटीबाट ८ हजार पेट्रोल बम बरामद गरिएको थियो भने पोलिटेक्निक युनिभर्सिटीबाट ३ हजार ८ सय पेट्रोल बम बरामद गरिएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .