बाहिरबाट हङकङ घुम्न गएका पर्यटक कोभिड–१९ बाट संक्रमित भए अब केवल पाँच दिन आइसोलेसनमा बसे पुग्ने भएको छ।
बिहीबार हङकङ सरकारले सहरमा आएपछि संक्रमण पुष्टि भएका मानिसले सात दिनको सट्टा पाँच दिन आइसोलेसनमा बसे पुग्ने घोषणा गर्न लागेको हो।
यद्यपि बाहिरबाट आउने मानिसले अहिलेको तीन दिने मेडिबल सर्भिलेन्सको नियमअनुसार तेस्रो दिन अनिवार्यरुपमा पीसीआर परीक्षण भने गराउनुपर्ने हुन्छ।
अहिले खुकुलो पारिएको नियमअनुसार संक्रमितको निकट रहेका मानिसको पनि आइसोलेसन अवधि पाँच दिनमा झारिएको छ।
निकट रहेका मानिसले खोपको अवस्था जे भए पनि उनीहरुले पनि संक्रमितले जस्तै आइसोलेसन नियमको पालना गर्नुपर्ने सरकारको निर्णयसँग जानकार स्रोतले बताएको छ।
अन्य सामाजिक दूरीको नियम र अनिवार्य मास्क आवश्यक पर्ने नियम भने यथावत रहनेछ।
यस विषयमा विस्तृत रुपमा भने बिहीबार सरकारको तर्फबाट आधिकारिक घोषणामा जानकारी दिइनेछ।
यसअघि मेनल्याण्ड चीनले पनि आफ्नो शून्य कोभिड नीति परिवर्तनको निर्णय गरेको थियो।
Shares
प्रतिक्रिया