पेट्रोल बम आक्रमण भएपछि उक्त रेस्टुरेन्टमा आगो लागेको एससीएमपीले जनाएको छ।
सोमबार बिहान २ बजेसम्म खुला रहेको रेस्टुरेन्टमा कालो कपडा र मुकुन्डो लगाएका व्यक्तिले बम आक्रमण गरेको रेस्टुरेन्ट सन्चालकले बताएका छन्।
स्पाइसगर्लस्थित साम सुको लाइ चि कक रोडमा रहेको रेस्टुरेन्टमा बम आक्रमण गरेपछि दुई व्यक्ति दौडिँदै भागेका थिए।
एक बम जलेको थियो भने अर्को बम नजलेको प्रहरीले बताएका छन्। यस घटनामा कोही घाइते नभएको जनाइएको छ। प्रहरीले सीसीटीभीको आधारमा आक्रमणकारीको खोजी गरिरहेका छन्।
बम आक्रमण गरिनुको कारणबारे केही खुल्न सकेको छैन।
3
Shares
प्रतिक्रिया