बेलायतमा वारोक र मगेन्द्र राईले जिते ‘स्प्रिङ टेनिस’को उपाधि

बेलायतमा वारोक र मगेन्द्र राईले जिते ‘स्प्रिङ टेनिस’को उपाधि

बेलायतमा ‘स्प्रीङ टेनिस’ को उपाधि जितेपछि वारोक राई (दायाँ) र मगेन्द्र राई


नेपालखबर
बैशाख १७, २०८० आइतबार २२:१९, लन्डन

बेलायतमा नेपालीद्वारा सञ्चालित गोर्खा नेप्लिज टेनिस क्लबले आयोजना गरेको एक दिवसीय ‘स्प्रिङ’ टेनिस टुर्नामेन्ट २०२३’ को प्रमुख उपाधि वारोक राईले जितेका छन्।

त्यसैगरी भेटेरन्सतर्फको शीर्ष उपाधि मगेन्द्र राईले हात पारेका छन्। 

शनिबार अल्डरसटस्थित आर्मी टेनिस सेन्टरमा सम्पन्न प्रतियोगितामा प्रमुख उपाधिका निम्ति मिन्स सिङ्गल्स ओपन ए तर्फको फाइनल खेलमा वारोक राईले कृष्ण थापा मगरलाई ४–१, १–४, ४–४ (१०–५) को सनसनीपूर्ण खेलमा झिनो अन्तरले हराउँदै उपाधि हात पारेका हुन्।

च्याम्पियनसिप प्वाइन्टको अवसर पाएका थापाले अनफोर्स एरर गर्दा त्यसको फाईदा उठाउँदै राईले उपाधि चुमेका हुन्।

फाइनल खेल फास्ट फोर बेस्ट अफ थ्री फर्म्याटमा खेलाइएको थियो। पहिलो सेट सहज जित निकालेका राईविरुद्द दोश्रो सेटमा समान अन्तरको सेट थापाले लिएका थिए। निरन्तर दबाब सिर्जना गरेका थापा एक अन्फोर्स एरर गर्न पुग्दा उपाधिबाट वञ्चित भए। राई पूर्वएलटिए तथा आईटीएअफ खेलाडी हुन् भने थापा बेलायती सेनाका पूर्वखेलाडी हुन्।

त्यसैगरी ओपन बीतर्फ किरण चाम्लिङले उपेन राईलाई हराए। 

भेटेरन ए तर्फको शीर्ष उपाधि मगेन्द्र राईले हात पारे। राईले मिन पुनलाई पराजित गरी उपाधि जितेका हुन्। राईले फाइनल खेलमा पुनलाई ४–०, ५–३ को सोझो सेटमा पराजित गरी उपाधि हात पारेका हुन्। हाल बेलायतमा रहेका राई नेपालखबर हङकङका समचार संयोजक हुन्।

त्यसैगरी भेटेरन बीतर्फ झलक गर्बुजाले वीर बलाललाई पराजित गरे। डबल्स डिभिजन ए तर्फ मोती घले र सुमन लिम्बुको जोडीले सरोज राई र दीपक गुरुङलाई पराजित गरे भने बी तर्फ मोती सेर्बुजा र दिनेश रोकाको जोडीले दीपक गुरुङ र किशोर पुनको जोडीलाई पराजित गरे।

प्रतियोगितामा ६० भन्दा बढी नेपाली टेनिस खेलाडीको सहभागिता थियो।

प्रतियोगिताका विजेता र उपविजेताहरूलाई क्लबका अध्यक्ष हर्कबहादुर गुरुङले ट्रफी प्रदान गरे। पुरस्कार वितरण समारोह क्लबका सचिव क्याप्टेन मोहन गुरुङले सञ्चालन गरेका थिए। 

क्लबले हरेक वर्ष ‘स्प्रिङ’, समर, औटम र विन्टर गरी प्रमुख चार प्रतियोगिता गराउने गरेको छ। क्लबले आगामी डिसेम्बरमा नेपाल–भारत टेनिस टुर गरी सम्बन्ध विस्तार गर्ने योजना राखेको क्लबका महासचिव मेजर सरोज राईले नेपालखबरलाई बताए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .