हङकङमा भवनबाट झरेर एक महिला र उनका ५ वर्षीय छोराको मृत्यु

हङकङमा भवनबाट झरेर एक महिला र उनका ५ वर्षीय छोराको मृत्यु

नेपालखबर
बैशाख १८, २०८० सोमबार १४:४२, हङकङ

हङकङको एक आवासीय भवनबाट झरेर एक ३० वर्षीया महिला र उनको पाँच वर्षीय छोराको मृत्यु भएको छ। ती महिलाले आत्महत्या गरेको अनुमान गरिएको छ।

साम सुइ पोस्थित कलिनान वेस्ट आवासीय भवनमा यो घटना घटेको हो। सोमबार बिहान ९:५५ बजे सुरक्षा गार्डले घटनाको जानकारी प्रहरीलाई गराएका थिए।

आपतकालीन उद्धारकर्ताहरु भवनमा पुग्दा दुवैको मृत्यु भइसकेको थियो। 

प्रहरीले यसलाई हत्या–आत्महत्या भनेको छ। 

हङकङमा पछिल्लो समय आमाबाबु र बच्चाबच्चीसहित हत्या–आत्महत्याका कयौँ घटना भएका छन्। 

गत सेप्टेम्बरमा साम सुइ पोकै एक भवनबाट हामफाल्न लागेकी गर्भवती महिलालाई समातिएको थियो। पछि उनले आफ्नो पाँच वर्षीय छोराको हत्या गरेको पत्ता लागेको थियो।

यदि तपाईंको मनमा आत्महत्या गर्ने विचार आउँछ भने हङकङमा  ८५२ २३८२ ०००० मा कल गर्नुहोस्। एससीएमपी 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .