हङकङका केही विश्वविद्यालयहरूले च्याटजीपीटीमा प्रतिबन्ध लगाएपछि पूर्व वृत्तप्रमुखले आलोचना गरेका छन्।
स्थानीय केही विश्वविद्यालयले एआई उपकरणले विद्यार्थीको रचनात्मक विकासमा बाधा पुर्याउने भन्दै रोक लगाएका छन्। प्रध्यापकहरूको उक्त तर्कका धेरै समर्थक पनि छन्। तर यसैबीच पूर्व वृत्तप्रमुख तथा अर्थसचिव जोन साङ चुनवाहले कृत्रिम बौद्धिकताको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताएका हुन्।
उनले च्याटजीपीटीमा प्रतिबन्ध लगाउने हो भने गणितका हिसाबमा क्यालकुलेटरमा किन प्रतिबन्ध नलगाएको भनी प्रश्न गरेका छन्।
हङकङ विश्वविद्यालयसहित प्रख्यात इन्स्टिच्युटले च्याटजीपीटीमाथि लगाएका प्रतिबन्धको खुला आलोचना गर्ने उनी प्रमुख राजनीतिक व्यक्तित्व हुन्।
'तपाईंहरू विद्यार्थीलाई ड्राफ्ट बनाउन, शुद्धाशुद्धी अध्ययन गर्न र विश्लेषण गर्न च्याटजीपीटी प्रयोगमा किन रोक लगाउनुहुन्छ?' उनले प्रश्न गरेका छन्।
Shares
प्रतिक्रिया