हङकङ स्टार फेरीका एक ४७ वर्षीय क्याप्टेनको मृत्यु भएको छ। फेरीको डेकमा ढलेका उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले यसलाई औद्योगिक दुर्घटना भनेर वर्गीकृत गरेको छ। सिम सा सुइमा सो घटना भएको हो।
घटनाको अनुसन्धानका लागि मरिन विभागका अधिकारीहरुलाई बोलाइएको थियो।
चुङ थरका क्याप्टेन बिहान ५ बजेतिर डेकमा लडिरहेको अवस्थामा फेला पारिएको थियो।
स्रोतका अनुसार सीसीटीभी फुटेजमा उनी आफैँ ढलेका थिए।
उनलाई अचेत अवस्थामा क्विन एलिजावेथ अस्पताल पुर्याइएको थियो, जहाँ उनलाई मृत घोषित गरियो।
मृत्यु कारण पत्ता लगाउन पोस्टमार्टम गरिने प्रहरीको भनाइ छ।
सीसीटीभी फुटेजबाट उनलाई हृदयाघात भएजस्तो देखिए पनि उनलाई पहिले मुटुको समस्या नभएको बताइएको छ। एससीएमपी
567
Shares
प्रतिक्रिया