हङकङमा ‘सुनौलो सप्ताह’ को अवसरमा मुख्यभूमि चीनबाट ६ लाख २५ हजार पर्यटक आएका छन्।
यो सरकारी अधिकारीहरुले अपेक्षा गरेभन्दा ठूलो संख्या हो।
यद्यपि, यो संख्या कोभिडअघिको भन्दा दुई तिहाइ मात्र हो। २०१९ मा झण्डै १० लाख चिनियाँ आएका थिए।
अध्यागमन विभागको तथ्यांकअनुसार ६ लाख २५ हजार ५३८ चिनियाँ पर्यटक मे दिवसको अवसरमा दिइने पाँच दिने छुट्टीमा हङकङ आएका छन्।
यो संख्या सो अवधिमा हङकङ आउने जम्मा संख्याको ३६.६ प्रतिशत हो।
यो अवधिमा हङकङका व्यवसायीहरुको कारोबारमा पनि ठूलो वृद्धि भएको बताइएको छ। एससीएमपी
66
Shares
प्रतिक्रिया