हङकङमा दुई लुटेरलाई आठ–आठ वर्षको जेल सजाय दिइएको छ। उनीहरुले तीन वर्षअघि एक व्यक्तिको हातबाट दिउँसै २ लाख ७५ हजार हङकङ डलर मूल्यको घडी लुटेका थिए।
यो घटना ४ अगस्ट २०२० मा ताइवाइस्थित एमटीआर स्टेसनमा भएको थियो।
पक्राउ परेका वङ स फुङ, २३ र तान होइ यान, २२ ले लुट्ने नियतले एक व्यक्तिमाथि आक्रमण गरेको भन्दै दोष स्वीकार गरेका थिए।
न्यायाधीश सुजाना डीअल्मादा रेमेडिओले मध्य दिउँसो सहरको माझमा यस्तो आपराधिक घटना हुँदा समुदायमा आतंक फैलिएको बताइन्। यो योजनाबद्ध रुपले गरिएको आक्रमणबाट मानिसको ज्यान जानसक्ने सम्भावना पनि रहेको उल्लेख गरिन्।
त्यतिबेला एक ४७ वर्षे इन्जिनियरले फेसबुकमा घडी बिक्रीको सूचना फेसबुकमा लेखेका थिए। त्यसपछि उनीहरुले लुट्ने योजना बनाएका थिए।
यी लुटेराहरुले करिब १७ इन्चको छुरी र डण्डाले ती व्यक्तिमाथि आक्रमण गरेका थिए।
यी दुवै पटके अपराधी हुन्। एससीएमपी
Shares
प्रतिक्रिया