हङकङमा १८औँ तलाबाट खसेर एक घरेलु कामदारको मृत्यु भएको छ।
स्थानीय समयअनुसार सोमबार बिहान १२:२३ बजे चेउङ शा वस्थित पो लुन स्ट्रिटमा रहेको म्यानहट्टन हिल अपार्टमेन्टको एक फ्ल्याटमा झ्याल सफा गर्ने क्रममा ३८ वर्षीया फलिपिन्स महिला खसेकी थिइन्।
सातौँ तलाको पोडियममा बेहोस अवस्थामा भेटेपछि उनलाई अस्पताल लगिएको थियो। क्यारिटास मेडिकल सेन्टरमा पुर्याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेको त्यहाँको प्रहरीले जनाएको छ।
अपार्टमेन्ट स्रोतलाई उल्लेख गरी साउथ चाइन मोर्निङ पोस्टले जनाएअनुसार ती महिला १८औँ तलाबाट खसेकी थिइन्। उक्त फ्ल्याटको झ्यालमा सेफ्टी ग्रिल जडान थियो वा थिएन भन्ने भने खुलेको छैन।
फिलिपिन्सको वाणिज्य दूतावासको दबाबपछि हङकङङमा सन् २०१६ नोभेम्बरमा कुनै पनि घरेलु कामदारलाई भुइँतलाभन्दा माथि रहेका कुनै पनि फ्ल्याटमा झ्यालको बाहिरी भाग सफा गराउन नमिल्ने निर्णय त्यहाँको सरकारले गरेको थियो।
त्यसयता हङकङमा यस्ता घटनामा कमी आए पनि पूर्ण रोकिन सकेका छैनन्।
Shares
प्रतिक्रिया