हङकङ प्रहरीले एक घरमा पखेटा भाँचिएको जंगली परेवा फेला पारेपछि पशु क्रूरताको आशंकमा एक वृद्धलाई पक्राउ गरेको छ।
बुधबार त्सेउङ क्वान ओमा रहेको सार्वजनिक आवासमा पखेटा भाँचिएको परेवा भेटिएपछि ६६ वर्षीय वृद्धलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
त्सेउङ क्वान ओ जिल्ला अपराध टोलीका इन्सपेक्टर ताम चुङ्कीकिङले ती व्यक्तिले परेवाले घरमा फोहोर गरेको भन्दै अवैध कार्य गरेको हुनसक्ने आशंका गरिएको बताए।
पशु क्रूरताको अपराधमा ती व्यक्तिलाई ३ वर्षसम्म जेल र २५ हजार ५१७ अमेरिकी डलर जरिवाना हुनसक्छ।
संदीग्धले परेवालाई दुर्व्यवहार गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले मंगलबारदेखि ती व्यक्तिको खोजी थालेको थियो। बुधबार साधा पोशाकमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
30
Shares
प्रतिक्रिया