हङकङले बेलायतमा रहेका १३९ जना डाक्टरलाई कामको प्रस्ताव पठाएको छ। सार्वजनिक अस्पतालहरुमा चिकित्सकलाई कामको बोझ बढेको भन्दै नयाँ डाक्टर नियुक्तिको प्रयास थालिएको हो।
हस्पिटल अथोरिटीका अध्यक्ष हेनरी फानले प्रस्ताव गरिएका १३९ डाक्टरमध्ये ३२ जनाले सम्झौतामा हस्ताक्षर समेत गरिसकेको शनिबार जानकारी दिए।
त्यस्तै, उनले अर्को महिना अस्ट्रेलिया र अन्य कमनवेल्थ मुलुकमा पनि त्यस्तो प्रस्ताव पठाइने बताए।
फानले अर्को महिनादेखि विश्वभरका युवा डाक्टरहरुलाई आकर्षित गर्ने कार्यक्रम पनि सुरु गरिने जानकारी दिए। जसअनुसार विश्वभरका डाक्टरले हङकङ एक वा दुई वर्ष काम गर्नेछन्। त्यसबेला उनीहरुलाई तालिम दिइनेछ।
यसले सार्वजनिक अस्पतालका डाक्टरहरुको बोझ कम हुने उनको भनाइ छ।
यो कार्यक्रम मूलभूमि चीनमा समेत लागू हुनेछ।
गतवर्ष हङकङका सार्वजनिक अस्पतालबाट ४०० डाक्टर विदा भएका थिए। अहिले ५ सय जना नयाँ डाक्टर नियुक्त भइसकेको फानको भनाइ छ। तर, अनुभव डाक्टरहरु गुमाउँदा समस्या बढेको उनले बताए। एससीएमपी
Shares
प्रतिक्रिया