मकाउमा नेपाल भ्रमण वर्ष उत्सव, चिनियाँ सहभागी

मकाउमा नेपाल भ्रमण वर्ष उत्सव, चिनियाँ सहभागी

नेपालखबर
पुस २७, २०७६ आइतबार १२:३९,

नेपाली महावाणिज्य दूतावास हङकङ–मकाउ र गैरआवासीय नेपाली संघ मकाउको आयोजनामा आइतबार मकाउमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको छ।

स्थानीय चिनियाँ र विदेशीहरू सहित मकाउ र हङकङका नेपालीको उल्लेखनीय सहभागितामा नगर परिक्रमा गरिएको थियो। कार्यक्रममा मकाउस्थित नेपाली संघसंस्थाले सहकार्य र सहयोग गरेका छन्।

करिब चार हजार नेपाली कामदार रहेको मकाउ चीनको विशेष प्रशासनिक क्षेत्र हो। क्यासिनो व्यवसायले ठूलो आर्थिक आम्दानी गरिरहेको मकाउ एशियाको लासभेगसका नामले चिनिन्छ।

क्यासिनो व्यवसायले पर्यटन र अर्थतन्त्रमा पुर्याएको योगदान नेपालका लागि समेत उदाहरणीय मानिन्छ।

कार्यक्रमलाई सम्बोधन गर्दै हङकङ र मकाउका महावाणिज्यदूत कमल प्रसाद भट्टराईले फ्रि भिसा सहित भ्रमण वर्ष २०२० मा विभिन्न छुटका कार्यक्रम भएकाले नेपाल भ्रमण गर्न आह्वान गरे।

Macao2

‘नेपाल प्राकृतिक रुपमा निकै राम्रो देश हो, तपाईंको नेपाल भ्रमण लाइफ टाइम भ्रमण हुनेछ’, भट्टराईले भने, ‘त्यसैले यही वर्ष परिवार र साथीहरूसहित नेपाल भ्रमण गर्न म आमन्त्रण गर्न चाहन्छु।’

आइतबारको कार्यक्रममा नेपाली बाजागाजा सहित, लाखे नाच, साकेला नाचसहित गीत र नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपालको भौगोलिक, प्राकृतिक, सांस्कृतिक र धार्मिक अवस्था झल्काउने पेन्टिङ प्रदर्शन गरिएको थियो।

Macao3

बिहान साढे ९ बजे सुरु भएको कार्यक्रम साँझ ५ बजेसम्म चलेको थियो। स्थानीय टेलिभिजन र अनलाइन सञ्चारमाध्यममा कार्यक्रमबारे राम्रो कभरेज भएको छ।

महावाणिज्य दूतावास र एनआरएनए हङकङको आयोजनामा जनवरी ५ मा हङकङमा यसैगरी नेपाल भ्रमण वर्षको शुभारम्भ गरिएको थियो।

Macao4
Macao5
Macao6
Macao7
Macao8
Macao9
Macao10
Macao11

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .