हङकङ आन्दोलनका कारण क्याथे प्यासिफिक घाटामा, तलबविहिन बिदा बस्न बाध्य भए कर्मचारी

हङकङ आन्दोलनका कारण क्याथे प्यासिफिक घाटामा, तलबविहिन बिदा बस्न बाध्य भए कर्मचारी

नेपालखबर
पुस २८, २०७६ सोमबार ११:४,

आन्दोलनका कारण हङकङको विश्वविख्यात एयरलाइन्स कम्पनी क्याथे प्यासिफिक घाटामा गएको छ।

हिंस्रक आन्दोलन केही साम्य भएपनि क्याथे प्यासिफिक एयरलाइन्सले यात्रु पाउन सकिरहेको छैन।

एससीएमपीका अनुसार चिनियाँ यात्रुहरुले क्याथे प्यासिफिक बहिष्कार नै गरेका छन्। घाटामा गएपछि यस एयरलाइन्सले सयौं कर्मचारीहरुलाई बिदा दिएको छ।

बिदा बस्दा कम्पनीले कर्मचारीलाई तलब भने दिनेछैन। बिदामा बस्न मन नभए पनि कर्मचारीहरु बिदा बस्न बाध्य छन्।

Cathay has been giving away economy class travel to employees for almost nothing. Photo: Winson Wong

क्याथे प्यासिफिकले घाटा लागेको कम्पनीको अर्थ व्यवस्थालाई नियन्त्रण गर्न आफूहरु कर्मचारीलाई ‘नो पे लिभ’ अर्थात् तलबविहिन बिदा दिन बाध्य भएको बताएको छ।

यात्रुहरु कम भएपछि एयरलाइन्सको आम्दानीमा ह्रास आएको छ। कम्पनीले यतिबेला पाइलट, एयर होस्टेस लगायतका अन्य कर्मचारीलाई महिनौं लामो बिदा दिएको एससीएमपीले जनाएको छ।

बिदा दिनुको अर्थ कामबाट निकाल्नु नभएको कम्पनीले बताएको छ।

Cathay deferred delivery of new aircraft this year and planned to accelerate the retirement of older planes. Photo: Winson Wong

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .