हङकङ मूलकी चाउ क्यानडाको टोरोन्टो सहरको मेयरमा निर्वाचित

हङकङ मूलकी चाउ क्यानडाको टोरोन्टो सहरको मेयरमा निर्वाचित

नेपालखबर
असार १२, २०८० मंगलबार १३:१५, हङकङ

    ङकङमा जन्मिएकी ओलिभिया चाउ क्यानडाको सबैभन्दा ठूलो सहर टोरोन्टोको मेयरमा निर्वाचित भएकी छन्। सोमबार सम्पन्न निर्वाचनमा एक दशक लामो पुरानो शासन ढाल्दै वामपन्थी उम्मेदवार चाउ मेयरमा निर्वाचित भएकी हुन्।

    बहुसांस्कृतिक यस सहरमा चाउ मेयरमा निर्वाचित पहिलो मेयर हुन्।

    गएको अक्टोबरमा टोरोन्टोका मेयर जोन टोरीले राजीनामा दिएपछि त्यहाँ पुन: निर्वाचन भएको हो।

    टोरोन्टोको मेयरका लागि १०२ जनाले उम्मेदवारी दिएका थिए। जसमा १२ हप्ताभन्दा लामो समयदेखि चुनावी अभियान चलाइरहेका आधा दर्जन हाई प्रोफाइल व्यक्ति पनि थिए।

    चाउले ३७ प्रतिशत मत पाएकी छन्। उनका प्रतिद्वन्द्वी आना बाइलाओले ३३ प्रतिशत मत पाएका थिए।

    पूर्वमेयर टोरीले बाइलाओलाई समर्थन गरेका थिए। 

    हङकङमा जन्मिएकी चाउ १३ वर्षको उमेरमा परिवारसहित क्यानडा बसाइँ सरेकी थिइन्। उनले एक दशकभन्दा लामो समय टोरोन्टोको सिटी काउन्सिल र ८ वर्ष टोरोन्टोको डाउनटाउन जिल्ला प्रतिनिधिको रुपमा काम गरेकी छिन्।

    उनी न्यु डेमोक्रेटिक पार्टीका पूर्वनेता स्व. ज्याक लेटनकी पत्नी हुन्।

    प्रतिक्रिया

    Danfe Global Hong Kong Pvt. Ltd.

    Ground Floor 9, Keybond Commercial Building,
    No. 38 Ferry Street, Kowloon, Hong Kong

    [email protected]
    [email protected]

    Hong Kong Team

    Correspondent
    Purna Gurung (Macau)

    Radio Correspondent
    Santosh Tamang
    HK News Coordinator
    Magendra Rai

    Editor in Chief
    Purna Basnet
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .