हङकङस्थित गुरुङ चलचित्रकर्मीहरूको संस्था ‘गुरुङ फिल्म एसोसिएसन हङकङ’ (जिफाह) ले आफ्नो सातौँ वार्षिकोत्सव मनाएको छ।
हङकङकै सबैभन्दा उचाइमा रहेको ताई मो शान डाँडामा वनभोजसहित जिफाहले आफ्नो स्थापना दिवस मनाएको हो।
गत आइतबार भएको वार्षिकोत्सव कार्यक्रममा संस्थालाई महत्त्वपूर्ण योगदान दिने सल्लाहकारलगायत व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो।
कार्यक्रममा हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङलगायत गुरुङ संस्थाका पदाधिकारी, गुरुङ चलचित्रकर्मी, संगीतकर्मीलगायत अतिथिहरूको उपस्थिति थियो।
संस्थाले केही महिनाअगाडि माया गुरुङको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको थियो। जिफाहले गत महिना चलचित्र समीक्षक तथा निर्देशक दीपेन्द्र लामालाई हङकङ बोलाएर आदिवासी चलचित्रसम्बन्धी अन्तरक्रियासमेत सञ्चालन गरेको थियो।
अध्यक्ष मायाले गुरुङ संस्कृतिसँग सम्बन्धित ‘मातृभूमिको माया’, ‘च्यागी’, ‘घलेक’लगायत चलचित्रमा अभिनय गरेकी छन् भने आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन्। माया अभिनित बुट्टे चोलिरी नामक गीत ४२ लाखभन्दा बढी पटक हेरिएको छ।
संस्थाले निकट भविष्यमा जिफाह साँझ आयोजना गर्ने जानकारी दिएको छ। नेपालखबरसँग कुरा गर्दै अध्यक्ष मायाले भनिन, ‘मेरो नेतृत्वकालमा केही सम्झनायोग्य काम गरेर नेतृत्व हस्तान्तरण गर्नेछु।’
आधुनिकताले विस्थापन हुँदै गरेका गुरुङ समुदायका मौलिकता, भाषा, भेष, संस्कृति, रीतिरिवाज आदि पक्षलाई श्रव्यदृश्य (चलचित्र) मार्फत संरक्षण र सम्वर्द्धन गर्दै विश्व बजारसम्म पुर्याउने उद्देश्यले सन् २०१६ मा स्थापना भएको हो।
वार्षिकोत्सव समारोह संस्थाका महासचिव विश्वास गुरुङले सञ्चालन गरेका थिए।
वार्षिकोत्सवका थप तस्बिर-
Shares
प्रतिक्रिया