हङकङको एक शपिङ सेन्टरमा शनिबार खसेर एक जनाको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार शनिबार दिउँसो १ः१९ मा लांघम प्लेस सपिङ सेन्टरको चौथो तलामा उनी मृत भेटिएका हुन्। मोङकोकको उक्त सपिङ सेन्टरमा माथिल्लो तलाबाट खसेर उनको मृत्यु भएको हो।
घटनापछि ती व्यक्तिलाई क्वाङवा अस्पतालमा लगिएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
सपिङ सेन्टर निर्माणका लागि शुक्रबादेखि बन्द थियो। बन्द पसलमा उनी कसरी पुगे भन्ने खुलेको छैन। प्रहरीले हत्या हो वा आत्महत्या भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनास्थलमा कुनै सुसाइड नोट नभेटिएको प्रहरीले जनाएको छ।
शवको पोस्टमार्टमको तयारी गरिएको छ।
चिनियाँ सामाजिक सञ्जाल एप सियाओहोङ्शुका केही प्रयोगकर्ताहरूले आफूले घटनालाई नजिकबाट देखेको बताएका छन्।
ती व्यक्ति सुरुमा चिच्याएको आफूले सुनेको र त्यसपछि बुथनजिकै खसेको देखेको एक महिलाले बताएकी छन्।
Shares
प्रतिक्रिया