हङकङमा प्रहरीसँगै निर्धारित भन्दा ५ गुणा बढी भाडा असुल्ने एक ट्याक्सी चालक पक्राउ परेका छन्।
ल्यान क्वाई फोङमा ओभरचार्ज नियन्त्रण गर्न सादा पोशाकमा खटिएका प्रहरी अधिकारीलाई ३२ वर्षीय ती चालकले १५० हङकङ डलर लिएका थिए। जबकि कुल भाडा २७ डलर मात्रै उठेको थियो।
शुक्रबार रातिदेखि शनिबार बिहानसम्मको प्रहरीफको अपरेसनमा चालक पक्राउ परेका हुन्। उनीमाथि ट्याक्सी मिटर पालना नगरेको आरोप पनि लगाइएको छ।
बढी भाडा असुलेको दावी गर्दै उनलाई प्रचलित कानुनअनुसार कारवाही गर्नुपर्ने प्रतिवेदन अदालतमा बुझाउने तयारी प्रहरीले गरेको छ। आरोप पुष्टि भएमा ती चालकलाई १० हजार डलर जरिवाना वा ६ महिना कैद सजाय हुनसक्नेछ।
प्रहरीले निर्धारित भाडाभन्दा बढी असुल्ने ट्याक्सी चालकलाई कारवाही गर्ने अभियान जारी राख्ने बताएको छ। साथै बढी भाडा लिएको शंका लागेमा समय, स्थान, चालकको नाम, ट्याक्सी नम्बर टिपेर प्रहरीलाई बुझाउन पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ।
Shares
प्रतिक्रिया