हङकङमा सम्पत्तिबारे परिवारकै सदस्यबीच झगडा हुँदा एकको मृत्यु, दुईजना गम्भीर

हङकङमा सम्पत्तिबारे परिवारकै सदस्यबीच झगडा हुँदा एकको मृत्यु, दुईजना गम्भीर

लोक शुन हाउस। तस्बिर : ह्यान्डआउट/एससीएमपी


नेपालखबर
साउन ९, २०८० मंगलबार १२:२६, हङकङ

हङकङको वाङ ताइ सिनस्थित लोक शुन हाउसमा सम्पत्तिको विषयलाई लिएर भएको झगडामा घाइतेमध्ये एकजनाको मृत्यु भएको छ।

वाङ ताइको शि लोक स्टेटमा रहेको लोक शुन हाउसमा आइतबार सम्पत्तिको विषयमा चार दिदीबहिनीबीच झगडा भएको थियो। झगडापश्चात् हाउसको ३५औँ तलामा आगलागी भएको थियो।

आगलागीपछि घाइते चारै जनालाई अस्पताल लगिएको थियो। चार जनामध्ये एकजनाको सोमबार मृत्यु भएको हो। मृतकको शरीरको ७० प्रतिशत भाग जलेको बताइएको छ।

५८ वर्षीया उनी चार दिदीबहिनीमध्येकी जेठी हुन्। ५३ र ५१ वर्षीया माहिली र साहिँली बहिनीको पनि अवस्था गम्भीर रहेको बताइएको छ। ४६ वर्षीया कान्छी बहिनीलाई पनि गहिरो चोट लागेको छ।

आगलागी के कारणले भएको भन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरी स्रोत बताउँछ।

आगलागी २० फिट x १६ फिट क्षेत्रफलमा फैलिएको अग्नि सेवा विभागले जनाएको छ। विभागका अनुसार आगलागीबाट बैठककोठा, बाथरुम र भान्साकोठामा क्षति पुगेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .