हङकङमा विदेशी घरेलु कामदारको नक्कली रोजगार सम्झौता पत्र बनाउने दुई जना पक्राउ

५० घरेलु कामदार पनि पक्राउ, अधिकांश इन्डोनेसियाली, फिलिपिनो र भारतीय
हङकङमा विदेशी घरेलु कामदारको नक्कली रोजगार सम्झौता पत्र बनाउने दुई जना पक्राउ

विदेशी घरेलु कामदारको नक्कली रोजगार सम्झौता पत्र बनाउने गिरोहका सदस्य। तस्बिर : एससीएमपी


नेपालखबर
साउन ९, २०८० मंगलबार १८:७, हङकङ

हङकङ अध्यागमनले विदेशी घरेलु कामदारको नक्कली रोजगार सम्झौता पत्र बनाउने गिरोहका दुई जनालाई पक्राउ गरेको छ।

उनीहरूले कामदारको प्रवेश भिसा र बसाइको समयावधि लम्ब्याउने आवेदनको झुटो सम्झौता पत्र बनाउने गरेको आरोप छ।

आरोपीहरू ६ महिनाभन्दा बढी समयदेखि क्रियाशील गिरोहको मुख्य सदस्य भएको विश्वास गरिएको छ।

उनीहरूलाई जोर्डनको एउटा फ्ल्याटबाट पक्राउ गरिएको हो। उक्त फ्ल्याट उनीहरूको कार्यालयको रूपमा प्रयोगमा थियो।

पक्राउ परेका दुवै जना फिलिपिनो भएको स्रोतले बतायो। हङकङ परिचय–पत्र बाहक ४० र ६० वर्षीय दुई पुरुष पक्राउ परेका हुन्।

जफत गरिएका कागजात देखाउँदै अध्यागमन विभागका अधिकारी। तस्बिर : एससीएमपी

यसैगरी, यस काण्डमा प्रहरीले करिब ५० जना घरेलु कामदारलाई पनि पक्राउ गरेको छ। अध्यागमन अधिकारीहरूका भनाइमा पक्राउ पर्नेको संख्या अझै बढ्नेछ।

पक्राउ पर्नेमा अधिकांश इन्डोनेसियाली, फिलिपिनो तथा भारतीय छन्। उनीहरूले गिरोहलाई प्रतिव्यक्ति २० देखि ४० हजार हङकङ डलर बुझाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

अधिकारीहरूले उनीहरूसँग बैंक स्टेटमेन्ट, पानीको बिल, विभागीय आवेदन फारम, झुटो रोजगार सम्झौता–पत्र, लगायतका कागजात जफत गरेको छ।

हङकङको कानुनअनुसार अध्यागमन अधिकारीलाई झुटो विवरण पेश गरेको पुष्टि भएमा १ लाख ५० हजार हङकङ डलर जरिवाना र १४ वर्षको जेल सजाय हुने प्रावधान छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .