हङकङ आइपुग्यो सुपर टाइफुन डोक्सुरी, बुधबार राति टी१ संकेत जारी हुँदै

हङकङ आइपुग्यो सुपर टाइफुन डोक्सुरी, बुधबार राति टी१ संकेत जारी हुँदै

तस्बिरहरू : एससीएमपी


नेपालखबर
साउन १०, २०८० बुधबार १२:४३, हङकङ

हङकङ अब्जर्भेटरीले सुपर टाइफुन डोक्सुरी सहरको आठ सय किलोमिटरभित्र आइपुगेको जनाएको छ। यो सँगै बुधबार राति टी१ संकेत जारी गर्ने अब्जर्भेटरीको तयारी छ।

कोरियन भाषा ‘इगल’ बाट नामकरण गरिएको ‘डोक्सुरी’ दक्षिण चीन सागरको उत्तरपूर्वी भागमा सर्ने अनुमान मौसमविद्हरूले गरेका छन्।

मौसमविद्हरूका अनुसार डोक्सुरी क्रमशः पूर्वी ग्वाङजोङ र दक्षिणी फुजिआनको तटीय क्षेत्रतर्फ जाँदा बिहीबार र शुक्रबार सुपरदेखि गम्भीर आँधीको सम्भावना  छ।

बुधबार हङकङको तापक्रम ३५ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद्हरूको अनुमान छ। साथै, यो तातो मौसम बिहीबारसम्म जारी रहनेछ। मौसमविद्हरूका अनुुसार बिहीबारसम्मको तापक्रम २७ देखि ३४ डिग्री सेल्सियससम्म रहनेछ।

हङकङमा यस वर्षको पहिलो टाइफुन जुलाई १७ मा आएको थियो। जसलाई ‘तालिम’ नामकरण गरिएको थियो, जसको अर्थ ‘तीव्र’ भन्ने हुन्छ।

जुलाई १७ को टाइफुनका लागि टी८ संकेत जारी गरिएको थियो। उक्त दिन तीव्र हावा र भारी वर्षाका कारण सहरका अधिकांश क्षेत्र प्रभावित भएका थिए।

टाइफुनका कारण धेरै हवाइ उडान रद्द भएका थिए भने कतिपय ‘डिले’ भएका थिए। बस, रेललगायतका यातायात सेवा पनि प्रभावित बनेका थिए।

तीव्र हावा र भारी वर्षाका कारण विद्यालयहरू बन्द भए, कामदारहरू काममा जान सकेनन्।

‘तालिम’ले शेयर बजारलाई पनि प्रभावित पारेको थियो। टी८ संकेत झण्डै १६ घण्टासम्म कायम थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .