हङकङमा अर्को दुर्घटना, नियन्त्रण गुमाएको ट्याक्सी सडक किनारमा ठोक्कियो, ६ जना घाइते

हङकङमा अर्को दुर्घटना, नियन्त्रण गुमाएको ट्याक्सी सडक किनारमा ठोक्कियो, ६ जना घाइते

नियन्त्रण गुमाएर सडक किनारमा ठोक्किएको ट्याक्सी। तस्बिरहरू : ह्यान्डआउट/एससीएमपी


नेपालखबर
साउन १०, २०८० बुधबार १५:३८, हङकङ

हङकङमा २४ घण्टाभित्र दोस्रो पटक ट्याक्सी दुर्घटनामा परेको छ। पछिल्लो दुर्घटनामा ट्याक्सी चालकले गाडीको नियन्त्रण गुमाएपछि घटना घटेको बताइएको छ।

दुर्घटना बेशोर अपार्टमेन्ट बाहिरको एबरडीन मेन रोड र एबरडीन प्रया रोडको चोकमा भएको हो। दुर्घटना बिहान साढे ९ बजे भएको थियो। नियन्त्रण गुमाएको ट्याक्सी सडक किनारमा ठोक्किएको थियो।

ट्याक्सीमा ६ जना सवार थिए। घाइतेहरूलाई पोक फु लामस्थित क्वीन मेरी अस्पतालमा लगिएको छ।

यस्तै, मंगलबार साँझ पनि हङकङको वर्ल्ड ट्रेड सेन्टर नजिक कजवे बेमा दुर्घटना हुँदा ट्याक्सी चालकको मृत्यु भएको थियो भने ट्याक्सीमा सवार चार यात्रु घाइते भएका थिए।

घाइते चारै जना पर्यटक रहेको बताइएको छ। उनीहरू ४० र ४२ वर्षका अमेरिकन दम्पती, उनीहरूकी तीन वर्षीया छोरी र ६९ वर्षीया वृद्धा (महिलाकी आमा) रहेको बताइएको छ।

अस्पतालमा उपचाररत उनीहरूको बुधबार बिहानसम्म अवस्था गम्भीर रहेको स्रोतले बतायो।

दुर्घटनास्थलमा अग्निनियन्त्रकहरू।

दुर्घटनापछि घाइते पुरुषलाई चाइ वानस्थित पामेला युडे नेथरसोल पूर्वी अस्पताल तथा अन्य तीन जनालाई क्वीन मेरी अस्पताल लगिएको थियो।

वृद्धा महिलासँग चिनियाँ परिचयपत्र रहेको बताइएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार ट्राफिक जामका कारण क्रेन ट्रकको गति सुस्त हुँदा ट्याक्सी समयमै रोकिन नसकेर ट्रकको पछाडि ठोक्किँदा दुर्घटना भएको हो।

यस सम्बन्धमा प्रत्यक्षदर्शीसँग अन्य जानकारी भएमा ३६६० ६८१४ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रहरी रिपोर्टका अनुसार यस वर्षको जनवरीदेखि जुनसम्ममा सहरभर सडक दुर्घटनामा परेर ५३ जनाको ज्यान गएको छ भने ४ सय ३ जना गम्भीर घाइते भएका छन्।

गत वर्षको सम्पूर्ण अवधिमा सडक दुर्घटनाका ८९ वटा घटनामा ९० जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .