हङकङमा आतंकवादी षड्यन्त्रको सूचना दिने ट्याक्सी ड्राइभर पुरस्कृत

हङकङमा आतंकवादी षड्यन्त्रको सूचना दिने ट्याक्सी ड्राइभर पुरस्कृत

तस्बिर : एससीएमपी


नेपालखबर
साउन १६, २०८० मंगलबार ११:१२, हङकङ

हङकङका एक ट्याक्सी ड्राइभरले प्रहरीलाई आतंकवादी षड्यन्त्रको सूचना दिएकोमा नगद पुरस्कार प्राप्त गरेका छन्।

आफ्नो ट्याक्सीमा चढेका दुई यात्रुले गरेको कुराकानी उनले प्रहरीलाई बताएका थिए।

प्रहरी अनुसन्धानका क्रममा उक्त विवरण साँचो ठहरिएपछि उनी पुरस्कृत भएका हुन्।

उनले गत मार्चमा पुरस्कार प्राप्त गरेका हुन्। यद्यपि सुरक्षाको दृष्टिकोणले प्रहरीले यो कुरा गोप्य राखेको थियो। अझै पनि उनले कति पुरस्कार पाएका थिए र कसले पाएको हो लगायतका अन्य विवरण गोप्य नै राखिएको छ।

प्रहरीका अनुसार ती ड्राइभरले आफ्नो ट्याक्सीमा चढेका दुई यात्रुले बम आक्रमणको योजनाबारे कुराकानी गरेको सुने र उनीहरू गन्तव्यमा झरेपछि उक्त विवरण प्रहरीलाई दिए।

सोही सूचनाका आधारमा प्रहरीले अपरेसन चलाउँदा उनीहरू दोषी ठहर भएपछि उनलाई पुरस्कृत गरिएको हो।

प्रहरीले आतंकवाद विरुद्धको अभियानमा लड्न अभियान नै चलाएको छ।

उक्त अभियानलाई अझ विस्तृत गर्दै मंगलबारबाट प्रहरीले ट्याक्सी उद्योगसँग सम्बन्धित आतंकवाद विरोधी अभियान सुरु गर्दैछ। यही सिलसिलामा गत मार्चमा ट्याक्सी ड्राइभर पुरस्कृत भएको कुरा बताइएको हो।

मंगलबारबाट सुरु हुने यस अभियानमा ट्याक्सी ड्राइभरहरूका लागि सेमिनारको आयोजना गर्ने जनाइएको छ। जसमा अधिकारीहरूले शंकास्पद व्यक्ति, वस्तु र घटना पहिचान कसरी गर्ने भन्नेबारेमा तालिम दिनेछन्।

प्रहरीले यस्ता गतिविधिविरुद्ध सूचना दिन बासिन्दाहरूसँग पनि आग्रह गरेको छ। उनीहरूले त्यस्ता सूचना प्रहरीको हटलाइन नम्बर ६३६६ ६९९९ मा एसएमएस गरेर वा वीच्याटबाट दिन सक्नेछन्।

प्रहरी विवरण अनुसार यस वर्षको मध्य जुलाईसम्म २० हजारभन्दा बढी त्यस्ता सूचनाहरू प्रहरीले प्राप्त गरेको छ। जसमा लगभग पाँच हजार संदिग्ध मुद्दाका थिए। यद्यपि यी सबै मुद्दा हिंसा र आतंकवादसँग सम्बन्धित मात्रै होइनन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .