हङकङका प्रसिद्ध रेस्टुरेन्ट व्यवसायी येउङ कुन–यातको निधन

हङकङका प्रसिद्ध रेस्टुरेन्ट व्यवसायी येउङ कुन–यातको निधन

येउङ कुन–यात। तस्बिरहरू : एससीएमपी


नेपालखबर
साउन १५, २०८० सोमबार १८:२७, हङकङ

हङकङका प्रसिद्ध रेस्टुरेन्ट व्यवसायी येउङ कुन–यातको ९० वर्षको उमेरमा निधन भएको छ।

हङकङको पुरानो तथा प्रसिद्ध फोरम रेस्टुरेन्टका सह–संस्थापक येउङको ह्याप्पी भ्यालीस्थित हङकङ सेनेटोरियम एण्ड हस्पिटलमा निधन भएको हो।

९० वर्षको उमेरमा निधन भएका येउङलाई यह यात उपनामले पनि चिनिन्छ।

फोरम रेस्टुरेन्टमा ‘एबलोन डिश’ निकै प्रख्याति कमाएको परिकार हो। जसको श्रेय उनै येउङलाई जान्छ।

सन् १९३२ मा चीनको ग्वाङजोङ प्रान्तस्थित झोङशानमा जन्मिएका येउङ किशोरावस्थामा हङकङ आएर रेस्टुरेन्ट क्षेत्रमा लागेका थिए।

उनले सन् १९४९ मा ताइ वाह रेस्टुरेन्टबाट आफ्नो करिअरको सुरुआत गरेका थिए।

सन् १९७७ मा फोरम रेस्टुरेन्ट खोलेसँगै उनको व्यावसायिक जीवनले गति लिँदै गयो। उनी यस रेस्टुरेन्टको सह–संस्थापक हुन्।

फोरम रेस्टुरेन्ट त्यस्तो रेस्टुरेन्ट हो, जसले सन् २०२० को ‘मिशेलिन गाइड’मा हङकङ र मकाउका लागि उत्कृष्ट स्थान प्राप्त गरेको थियो।

येउङले सन् १९८४ मा बेइजिङको डियाओयुताइ राज्यस्थित अतिथि गृहमा चीनका तत्कालीन सर्वोच्च नेता तेङ सियाओ फिङलगायत अन्य विशिष्ट व्यक्तिलाई आफ्नो रेस्टुरेन्टका परिकार चखाएका थिए।

येउङको ‘सिग्नेचर’ परिकार एबलोन डिशको स्वाद चाखेपछि सर्वोच्च नेता फिङले उनको निकै प्रशंसा गरेका थिए।

सन् १९८८ मा सिंगापुरले येउङलाई तीन दिने भोजको कार्यक्रममा अध्यक्षता ग्रहण गर्न निम्त्याएसँगै उनको प्रतिष्ठा झनै बढेर गएको थियो।

सन् २०२० मा साउथ चाइना मर्निङ पोस्टसँगको एक अन्तर्वार्तामा प्रसिद्ध सेफ येउङले भनेका थिए, ‘पूरै संसारलाई मेरो एबलोनको बारेमा थाहा छ।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .