हङकङ स्टार कोको लीको अन्त्येष्टि समारोहमा उनका पतिमाथि दुर्व्यवहार!

हङकङ स्टार कोको लीको अन्त्येष्टि समारोहमा उनका पतिमाथि दुर्व्यवहार!

मंगलबार कोको लीको अन्त्येष्टि समाराेहमा उनका पति ब्रुस रकविट्ज (बीचमा)। तस्बिर : एससीएमपी


नेपालखबर
साउन १७, २०८० बुधबार १२:३२, हङकङ

हङकङकी पप दिवा स्वर्गीय कोको लीको मृत्युमा उनका पति ब्रुस रकविट्ज जिम्मेवार रहेको आरोप गायिका लीका फ्यानले लगाएका छन्।

मंगलबार लीको अन्त्येष्टि समारोहमा आइपुगेका रकविट्जमाथि फ्यानहरूले लीको डिप्रेसन र मृत्युमा उनलाई दोषी ठहर्‍याएका हुन्।

यद्यपि रकविट्जले भने लीको आफ्नो जीवन अन्त्य गर्ने निर्णय सम्बन्धमा आफ्नो कुनै भूमिका नरहेको बताएका छन्।

‘उनको मुत्युसँग मेरो शतप्रतिशत भूमिका छैन,’ रकविट्जले मंगलबार साउथ चाइना मर्निङ पोस्टसँग भने, ‘मलाई थाहा छैन, दाहसंस्कारको क्रममा मलाई के भनियो किनभने म चिनियाँ भाषा राम्रोसँग जान्दिनँ। तर, त्यो धेरै राम्रो थिएन।’

चाइ वानस्थित केप कोलिन्सन शवदाह गृहमा लीका प्रशंसकले रकविट्जलाई ‘हत्यारा’ र ‘विवेक नभएको व्यक्ति’ भनेर आरोप लगाएपछि उनले मुख खोलेका हुन्।

प्रशंसकहरूले रकविट्जमाथि ‘मेरो कोको फिर्ता देऊ’ भनी माग गरेका थिए।

रकविट्ज र लीले सन् २०११ म भव्य समारोहका बीच विवाह गरेका थिए। विवाह समारोहमा हङकङ र विदेशका समेत सेलिब्रेटीहरू उपस्थित थिए।

फ्यानहरूले रकविट्जप्रति लगाएको आरोपका सम्बन्धमा उनले थपे, ‘हामीबीच २० वर्षको सम्बन्ध छ। कुनै पनि सम्बन्ध शतप्रतिशत पूर्ण हुँदैनन्।’

रकविट्ज फिटनेस चेन ‘पियोर ग्रुप’का सहसंस्थापक र टेक्नोलोजी कन्सल्टेन्सी फर्म ‘स्टेप डिजिटल ग्रुप’का निर्देशक हुन्।

लीका फ्यानले आफूप्रति लगाएको यो आरोपले आफू र आफ्नो परिवारको प्रतिष्ठामा आँच आएको भन्दै रकविट्जले असन्तुष्टि व्यक्त गरेका छन्।

साथै उनले, ली जीवत रहँदै पनि उनको आर्थिक कारोबारप्रति आफू संलग्न नभएको र अब पनि नहुने बताएका छन्।

चर्चित हङकङ–अमेरिकी पप–स्टार कोको लीको  ४८ वर्षको उमेरमा ५ जुलाईमा निधन भएको थियो। पारिवारिक स्रोतका अनुसार लीले २ जुलाईमा आत्महत्या प्रयास गरे पश्चात् ५ जुलाईमा क्वीन मेरी अस्पतालमा निधन भएको हो।

दुई दिनसम्म चलेको अन्त्येष्टि कार्यक्रम ३१ जुलाईमा सार्वजनिक रूपमा भएको थियो भने १ अगष्टमा पारिवारिक सदस्य, लीका साथी र केही प्रशंसकबीच भएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .