हङकङमा सार्वजनिक आवासको माग उच्च, ६ हजार ८०० फ्ल्याट तयार हुँदै

हङकङमा सार्वजनिक आवासको माग उच्च, ६ हजार ८०० फ्ल्याट तयार हुँदै

तस्बिर : एससीएमपी


नेपालखबर
साउन १७, २०८० बुधबार १९:१०, हङकङ

हङकङमा सार्वजनिक आवासको माग उच्च रहेको हङकङ आवास प्राधिकरण (एचकेएचए)ले जनाएको छ।

एचकेएचएद्वारा २ अगस्टमा जारी पछिल्लो तथ्यांकमा उक्त कुरा उल्लेख छ।

रिपोर्टका अनुसार जुनको अन्त्यसम्म (दोस्रो त्रैमासिक) मा सार्वजनिक आवासका लागि सामान्य आवेदकको प्रतीक्षा अवधि औसतमा ५.३ वर्ष रहेको छ।

गत वर्षको मार्च (पहिलो त्रैमासिक) मा पनि यो अवधि ६.१ वर्ष पुगेको थियो, जुन आँकडा सन् १९९९ देखि यताकै उच्च हो।

त्यस्तै, यो वर्ष वृद्ध आवेदकहरूका लागि भने प्रतीक्षा समय ३.९ वर्ष रहेको रिपोर्टले जनाएको छ।

प्राधिकरणका अनुसार यो वर्षको दोस्रो त्रैमासिकमा २,३०० सामान्य आवेदकलाई आवास बाँडफाँट गरिएको छ। यसमा ५१० वृद्ध आवेदकहरू छन्।

जुन महिनासम्ममा प्राधिकरणले एक लाख ३३ हजार १०० सामान्य आवेदन प्राप्त गरेको थियो। जसमा ५८ वर्षभन्दा कम उमेरका आवेदक ९६ हजार ९०० थिए।

प्राधिकरणले यस वर्षको तेस्रो त्रैमासिकसम्म भने प्रतीक्षाको समय घट्ने आँकलन गरेको छ।

ताइ पोमा निर्माणाधीन करिब ६ हजार ८०० फ्याल्ट लगभग तयार हुन लागेको भन्दै यो आशा व्यक्त गरिएको हो।

दुई वर्षअघि हङकङ मामिला हेर्ने बेइजिङका शीर्ष अधिकारी सिया बालोङले स्थानीय अधिकारीसमक्ष सन् २०४९ सम्ममा हङकङको आवास संकट समाधान गर्न सुझाव दिएका थिए।

हङकङ सरकारले आगामी दशकमा ३ लाख ३० हजार सार्वजनिक फ्याल्ट निर्माण गर्न ३५० हेक्टर जग्गा पहिचान गरिसकेको जनाएको छ।

यद्यपि, आर्थिक वर्ष २०२३/२४ देखि २०२७/२८ सम्ममा भने यसको एकतिहाइ घर मात्रै तयार हुने अपेक्षा गरिएको छ।

त्यस्तै, आ.व. २०२७/२८ सम्ममा ३० हजार अस्थायी आवास निर्माण हुने लक्ष्य पनि सरकारले राखेको छ। यो सँगै प्रतीक्षा अवधि २०२६/२७ सम्ममा ४.५ वर्षमा झर्ने विश्वास अधिकारीहरूको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .