हङकङका घरेलु कामदारको तलब ६ हजार डलरसम्म बढ्ने!

हङकङका घरेलु कामदारको तलब ६ हजार डलरसम्म बढ्ने!

तस्बिर : एससीएमपी


नेपालखबर
साउन १८, २०८० बिहिबार १२:३१, हङकङ

इन्डोनेसियाले लागू गरेको नयाँ नीतिका कारण हङकङका घरेलु कामदारको तलब ६ हजार हङकङ डलरसम्म बढ्ने अनुमान गरिएको छ।

इन्डोनेसियाली सरकारले ‘शून्य प्लेसमेन्ट’ नीतिलाई कडाइका साथ लागू गर्ने बताएसँगै यसको भार हङकङका रोजगारदातालाई पर्ने भएको हो।

यसअघि प्लेसमेन्ट शुल्क कामदार आफैँले तिर्नु पर्दथ्यो। तर, अबको नीति अनुसार यो शुल्क रोजगारदाताले तिर्नुपर्ने भएको हो।

यसअघि इन्डोनेसियाबाट घरेलु कामदार हङकङ ल्याउन प्रतिकामदार १२ देखि १७ हजार हङकङ डलर खर्च हुन्थ्यो भने नयाँ नियमसँगै यो शुल्क बढेर २० हजारभन्दा माथि पुग्ने अनुमान गरिएको छ।

यसअघि रोजगारदाताले कामदारको मेडिकल शुल्क, बीमा, हवाई भाडा र विमानस्थल यातायात खर्च मात्र बेहोर्थे। नयाँ नीति अनुसार भने एजेन्सी शुल्क लगायत कामदार भर्तीसम्बन्धी सबै खर्च रोजगारदाताले नै तिर्नुपर्ने भएको हो।

यो सँगै हङकङका रोजगारदाताले इन्डोनेसियाली कामदार भर्ती गर्नका लागि ४ देखि ५ हजार हङकङ डलरसम्म थप भार बेहोर्नु पर्नेछ।

यो नीति अनुसार हङकङमा पहिल्यैदेखि काम गरिरहेका इन्डोनेसियाली घरेलु कामदारहरूको तलब बढेर प्रतिमहिना ६ हजार हङकङ डलरभन्दा बढी पुग्ने अनुमान गरिएको छ।

हङकङमा इन्डोनेसियाली घरेलु कामदारको माग उच्च रहेको छ।

इन्डोनेसियाको नयाँ नीतिका कारण हङकङका रोजगारदाता कम्पनी भने चिन्तित देखिएका छन्।

इन्डोनेसिया सरकारको यो नीतिलाई अन्य देशहरूले पनि पछ्याउन सक्ने भन्दै उनीहरू चिन्तित देखिएका हुन्।

इन्डोनेसियाको नयाँ नीतिसँगै अतिरिक्त लागतबाट बच्न हङकङका रोजगारदाताहरू अन्य देशबाट कामदार ल्याउनतर्फ लाग्न सक्ने विज्ञहरूले बताएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .