हङकङ : गुडिरहेको यात्रुबसमा आगो लाग्यो

हङकङ : गुडिरहेको यात्रुबसमा आगो लाग्यो

बसमा दन्किरहेको आगो निभाउँदै अग्नि नियन्त्रक। तस्बिर : डिमसम दैनिक


नेपालखबर
साउन २३, २०८० मंगलबार १३:१६, काठमाडौँ

हङकङको चुनवानमा गुडिरहेको मिनिबसमा आगो लागेको छ।

मंगलबार बिहान दश बजे शिङ मुन भ्याली स्विमिङ पुल नजिकै वाइचुन रोडको रुटमा चल्ने मिनिबसमा आगो लागेको हो।

बसको इन्जिनबाट एक्कासी बाक्लो धुवाँ निस्केपछि चालकले सडकछेउ पुर्‍याउँदा नपुर्‍याउँदै आगो बल्न थालेको थियो।

घटनाको सूचना पाएलगत्तै दमकलसहित घटनास्थल पुगेका अग्नि नियन्त्रकहरूले आगो नियन्त्रणमा लिएका थिए।

घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।

त्यस्तै, अर्को एक घटनामा पुरानो भवनबाट कंक्रिटका टुक्रा खस्दा डबल डेकर बसको छतमा प्वाल परेको छ।

घटना मंगलबार बिहान करिब साढे नौ बजे मङककको नाथन रोडमा भएको हो।

कंक्रिटका टुक्राले डबल डेकरको छतमा पारेको प्वाल। तस्बिर : एससीएमपी

कंक्रिटका टुक्रा खसेको भवन ५७ वर्ष पुरानो रहेको बताइएको छ। उक्त भवनबाट १० दिनअघि पनि कंक्रिटका टुक्रा खसेका थिए।

मंगलबार बिहान खसेको कंक्रिटले बसको छतमा ठूलो प्वाल नै पारेको छ।

यस घटनामा पनि मानवीय क्षति भएको छैन। घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .