हङकङबाटै नेपाली राहदानी : प्रत्यक्ष दर्ताका लागि महावाणिज्यदूतावासले माग्यो आवेदन

हङकङबाटै नेपाली राहदानी : प्रत्यक्ष दर्ताका लागि महावाणिज्यदूतावासले माग्यो आवेदन

नेपालखबर
साउन २३, २०८० मंगलबार १५:२६, काठमाडौँ

नेपाली महावाणिज्यदूतावास हङकङले विद्युतीय राहदानीका लागि प्रत्यक्ष दर्ता आवेदन बुकिङ खुला गरेको छ।

राहदानीका लागि आवेदन दिएर स्वीकृत भएकाहरूलाई प्रत्यक्ष दर्ताका लागि बुकिङ खुला गरिएको हो।

मंगलबार एक सूचना जारी गर्दै दूतावासले उक्त जानकारी गराएको छ।

आवेदकहरूले आफूलाई अपोइन्टमेन्ट प्राप्त भएको मितिको दुईप्रति फारम भरी अन्य कागजातको सक्कल तथा फोटोकपीसहित प्रत्यक्ष दर्ताका लागि तोकिएको मितिमा महावाणिज्यदूतावासमा उपस्थित हुन सूचनामा भनिएको छ। नयाँ राहदानीका लागि फारमका साथै नेपाली नागरिकताको प्रतिलिपि, ४ थान पासपोर्ट साइजको फोटो, हङकङ आईडी लगायतका कागजात चाहिन्छन्।

महावाणिज्यदूतावासले अपोइन्टमेन्ट प्रदान नगरेका आवेदकहरूले भने प्रत्यक्ष दर्तामा सहभागी हुन पाउने छैनन्। यदि त्यस्ता आवेदकले फारम भरेमा त्यो मान्य नहुने दूतावासले जनाएको छ।

दूतावासले हङकङबाटै राहदानी लिन तथा नवीकरण गर्न सकिने व्यवस्था गरेसँगै आवेदन लिन सुरु गरेको थियो।

आवेदन अनलाइन वा पेपर दुवै माध्यमबाट दिन सकिने व्यवस्था छ। यसरी आवेदन दिनेहरूको कागजात स्वीकृत भएपछि प्रत्यक्ष दर्ताका लागि दूतावासमै जानुपर्ने व्यवस्था अनुसार सूचना जारी गरिएको हो।

निवेदन दिन र राहदानी संकलन गर्दा व्यक्ति स्वयं उपस्थित हुनुपर्ने प्रावधान छ।

दूतावासले ३४ पेजको राहदानीको लागि १२०० हङकङ डलर र ६६ पेजको लागि १६०० हङकङ डलर शुल्क तोकेको छ। १० वर्ष मुनिकाको हकमा चाहिँ ३४ पेजको ६०० हङकङ डलर शुल्क लाग्नेछ।

दूतावासले म‌ंगलबार जारी गरेको सूचना–

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .