हङकङका घरेलु कामदारको तलब २७ प्रतिशतले बढाउन माग

हङकङका घरेलु कामदारको तलब २७ प्रतिशतले बढाउन माग

तस्बिर : एससीएमपी


नेपालखबर
साउन २४, २०८० बुधबार १८:३६, काठमाडौँ

हङकङका विदेशी घरेलु कामदारको तलब २७ प्रतिशतले वृद्धि गर्नुपर्ने आवाज उठेको छ।

दुई प्रमुख आप्रवासी कामदार समूह एसियाली आप्रवासी समन्वय निकाय (एसियन माइग्रान्ट्स कोअर्डिनेटिङ बडी) र एसियाली घरेलु श्रमिक युनियनहरूको हङकङ महासंघ (हङकङ फेडेरेसन अफ एसियन डोमेस्टिक युनियन)ले विदेशी घरेलु कामदारको तलब २७ प्रतिशतले बढाउनुपर्ने माग गरेका हुन्।

बढ्दो महंगी र मुद्रास्फितिलाई ख्याल गर्नुपर्ने भन्दै प्रतिमहिना कम्तीमा १ हजार २७० हङकङ डलर तलब बढाउनुपर्ने माग उनीहरूले राखेका हुन्। दुई समूहले राखेको प्रस्तावित तलब हङकङ डलर ६,०१० र ६,२२८ छ।

यस अनुसार हङकङ सरकारले तलब बढाएमा विदेशी कामदारलाई फाइदा मिल्नेछ।

श्रम विभागका अधिकारीहरूले यसबारे अर्को चरणमा छलफल गर्न सकिने बताएका छन्।

‘आर्थिक सूचकको पनि अध्ययन गरेर यसबारे अर्को चरणमा छलफल गर्न सकिन्छ,’ ती अधिकारीहरूले भनेका छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .