चीनबाट हङकङ घुम्न आएका चिनियाँ पर्यटकमा कोरोना भाइरस भेटिएको एससीएमपीले जनाएको छ।
चीनले कोरोनाको महामारी गम्भीर चरणमा पुगेकै दिन हङकङमा भाइरसबाट संक्रमित व्यक्ति भेटिएका हुन्। अमेरिकाले पनि चीनबाट फर्किएका आफ्ना नागरिकमा कोरोना भाइरस देखिएको पुष्टि गरेको छ।
क्वीन इलिजावेथ अस्पताल र प्रिन्सेस मार्गरेट अस्पतालमा दुईपटक परीक्षण गर्दा दुवैपटक चिनियाँ पर्यटकमा कोरोना भाइरस देखिएको जनाइएको छ।
हङकङका स्वास्थ्यमन्त्रीले बुधबार नै यसबारे थप जानकारी दिने बताएका छन्।
हालसम्म यस भाइरसबाट ९ जनाको मृत्यु भएको छ भने ४ सयभन्दा बढी यसबाट चीनमा संक्रमित छन्।
मंगलबार मात्र चीनले यस भाइरस मानवबाट पनि सर्ने पुष्टि गरेको थियो। मंगलबार स्वास प्रस्वासबाट यस रोग सर्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बताएको थियो।
तर यस भाइरसको जड के हो भनेर चीनले अहिलेसम्म पत्ता लगाउन सकेको छैन।
चीनको वुहान शहरमा पहिलोपटक गत डिसेम्बरमा यो भाइरस देखा परेको थियो।
यो पनि।
चीनको रहस्यमयी भाइरस संसारभर फैलने त्रास
कोरोना भाइरसको महामारी ‘गम्भीर चरण’मा, अमेरिकामा पनि भेटिए संक्रमित
प्रतिक्रिया