सुपर टाइफुन साओला बुधबार बिहान ५ बजेसम्म हङकङबाट ७९० किलोमिटर दूरीमा आइपुगेको छ। यससँगै हङकङ अब्जर्भेटरीले बुधबार साँझ टी१ संकेत जारी गर्ने तयारी गरेको छ।
मौसम पूर्वानुमानविज्ञका अनुसार यो चक्रवात (साओला) बुधबार र बिहीबार दक्षिण चीन सागरको उत्तरपूर्वी भाग हुँदै पूर्वी ग्वाङजङको तटतिर सर्नेछ।
ग्वाङजङ प्रान्ततर्फ सर्दै गएको साओला शुक्रबारपछि भने कमजोर हुँदै जाने अनुमान छ। शनिबारसम्म पर्ल नदीको नजिक पुग्ने र हावासँगै वर्षा हुने सम्भावना छ।
सुपर टाइफुनको रूपमा वर्गीकृत साओलाको हावाको गति प्रतिघण्टा २३० किलोमिटरसम्म रहेको बताइएको छ।
सन् १९९० को दशकमा भियतनाममा फेला परेको दुर्लभ तथा संरक्षित जनावरको नामबाट यो टाइफुनको नामकरण गरिएको हो।
यस हप्ता हङकङको तापक्रम २६ देखि ३४ डिग्री सेल्सियसको बीचमा रहने, शुक्रबार वर्षा हुने र सप्ताहन्तमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानविज्ञले गरेका छन्।
Shares
प्रतिक्रिया