हङकङ घुम्न आएकी कोरियाली महिलालाई अँगालो हाल्दै मसँग आऊ, म एक्लै छु भनेपछि...

हङकङ घुम्न आएकी कोरियाली महिलालाई अँगालो हाल्दै मसँग आऊ, म एक्लै छु भनेपछि...

कोरियाली महिलालाई दुर्व्यवहारको गरेको आरोप लागेका अमित। तस्बिर : एससीएमपी


नेपालखबर
भदौ २८, २०८० बिहिबार १६:११, हङकङ

हङकङ घुम्न आएकी दक्षिण कोरियाली पर्यटकलाई दुर्व्यवहार गर्ने अमित नामका व्यक्ति बिहीबार जमानतमा रिहा भएका छन्।

उनलाई हङकङको पूर्वी अदालतले दुई हजार हङकङ डलर धरौटीसहित छोडेको हो।

४६ वर्षीय अमितले सोमबार सेन्ट्रल एमटीआर स्टेसन नजिक कोरियाली पर्यटक महिलालाई दुर्व्यवहार गरेपछि प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो।

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडिओमा देखिएअनुसार पीडित महिला सेन्ट्रल क्षेत्रको ट्राम स्टपमा कसैलाई पर्खिरहेकी थिइन्। त्यसै मौकामा कुनै अपरिचित उनीसामु आएर नजिकिन थाल्छ।

यतिसम्म कि उसले महिलाको कुममा हात राख्छ। यस अवस्थामा महिला अति नै असहज महसूस गर्दै उसको हात हटाउँछिन्।

पुरुष यतिमै रोकिँदैन ऊ ती महिलालाई ‘यता सुन न’ भन्दै फकाउन खोज्छ।

महिला निकै आत्तिएकी देखिन्छिन्। उनी ‘कृपया मेरो कुममा नसमाउ, मलाई नछोऊ’ भनिरहेकी हुन्छिन्।

पुरुष रोकिने मुडमा देखिदैंन। ऊ ‘म एक्लै छु मसँग हिँड’ भन्दै अँगालो हाल्न थाल्छ।

महिला ‘नो नो नो, म एक्लो छैन’ भन्दै फुत्किने कोसिस गर्छिन्। तर उनलाई अँगालोमा बेरेको पुरुषले संवेदनशील अंगमा छुने प्रयास गर्दै चुम्बन गर्छ। आत्तिएकी महिला गुहार माग्दै रुन थाल्छिन्। यही वेला कोही आइपुग्छ अनि पीडक भाग्छ।

महिला दायाँबायाँ हेर्दै राहतको सास फेर्छिन् र नवआगन्तुकलाई धन्यवाद दिन्छिन्।

यस भिडिओले सामाजिक सञ्जालमा तरंग पैदा गर्‍यो। कतिपय सञ्जाल प्रयोगकर्ताले उनको पूरा नाम नै उल्लेख गरेका छन् भने उनी भारतीय मूलको भएको बताएका छन्। यद्यपि अदालतमा उनको नाम अमित मात्र उल्लेख गरिएको छ।

महिलामाथि दुर्व्यवहार गर्ने ४६ वर्षीय अमित नामका ती व्यक्ति हङकङमा वेटरका रूपमा काम गर्ने बताइएको छ।

उनलाई प्रहरीले मंगलबार केनेडी टाउनको बेल्चर स्ट्रिटबाट गिरफ्तार गरेको हो।

बिहीबार धरौटीमा छुटेका उनको मुद्दाको अर्को सुनुवाइ ९ नोभेम्बरलाई तोकिएको छ।

आरोपितले सुनुवाइका क्रममा अदादलतसामु ‘आफू काममा फर्कन सक्छु?’ भनी सोधेका थिए।

यसको प्रतिउत्तरमा अदालतले ‘कानुनी सहायताका लागि वकिलसँग परामर्श गर्नू’ भन्ने आदेश दिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .