हङकङमा ११ अक्टोबरदेखि सुरु हुने उच्च गतिको रेल सेवामा नयाँ पाँच वटा गन्तव्य थपिने भएका छन्।
एमटीआर कर्प लिमिटेडले मंगलबार घोषणा गरेअनुसार जियाङमेन, काइपिङनान, याङ्जियाङ, माओमिङ र झान्जियाङ्सीमा पनि उच्च गतिको रेल सेवा सञ्चालन हुन लागेको हो। उच्च गतिको नयाँ रेल सेवाले हरेक दिन उत्तरदेखि दक्षिणसम्म सेवा प्रदान गर्नेछ।
यस्तै, वेस्ट काउलुन स्टेसन, ग्वाङझाउदोङ र फुतिन स्टेसनमा सोही दिन सेवा सुरु हुनेछ। यो सँगै ग्वाङझाउदोङका लागि दैनिक रेल सेवाको संख्या बढेर २० पुग्नेछ।
चीनको शेन्जेन र हङकङबीचको रेल फ्रिक्वेन्सी पनि सोही दिन बढेर १७८ बाट १८४ पुग्ने एमटीआरले जनाएको छ।
दक्षिणपूर्वी चीनको शेन्जेन, हङकङलाई मुख्यभूमि चीनसँग जोड्ने आधुनिक महानगर हो।
विशाल मलसहितको यो सहर किनमेल गन्तव्यको लागि परिचित छ।
अर्को बुधबारदेखि सुरु हुने उच्च गतिको रेल सेवाले ग्रेटर बे क्षेत्रका प्रमुख सात सहरहरूमा सिधा पहुँच पुर्याउनेछ।
ती सहरमा शेन्जेन, गुन्झाओ, झाओकिङ, फोसान, डोङगुआन, हुइझोउ र जियाङमेन हुन्।
यसका साथै दैनिक रेल सेवाहरू १८२ बाट बढेर १८८ पुग्नेछन्। यात्रुहरूले नयाँ गन्तव्यका साथै रेल सेवाको लागि भोलि (बुधबार)देखि टिकट खरिद गर्न सक्नेछन्।
Shares
प्रतिक्रिया