हङकङ अब्जर्भेटरीले आज (शुक्रबार) साँझ ५:४० बाट टाइफुन नम्बर ३ संकेत जारी हुने बताएको छ।
टाइफुन कोइनु हङकङ नजिक आइपुगेसँगै टी३ संकेत जारी गर्न लागिएको हो। कोइनु यतिखेर पूर्वी ग्वाङझोङको तटीय क्षेत्र आसपास रहेको जनाइएको छ।
उक्त आँधी हङकङबाट ३४० किलोमिटर दक्षिणपूर्वमा रहेको अनुमान छ।
मौसम पर्यवेक्षकले कोइनु पछिल्लो समय थोरै तीव्र भएको बताएका छन्। यद्यपि पर्ल नदीको नजिकै आइपुग्दा भने केही कमजोर हुने अपेक्षा गरिएको छ।
कोइनुको प्रभावका कारण आगामी दुई/तीन दिन मेघ गर्जनसहित पानी पर्ने र अझ आइतबार र सोमबार भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
बुधबार रातिबाट जारी भएको टी१ संकेत शुक्रबार दिउँसोसम्म कायम नै छ।
171
Shares
प्रतिक्रिया